back
CTIZAN AD

तनहुँका महिलाले खसी बिक्री गरी, गरे तीन करोड आम्दानी

वि.सं.२०७६ साउन २९ बुधवार

771 

shares


२९ साउन, तनहुँ । तनहुँको भिमाद नगरपालिका–९ भानुमतीकी नरमाया थापाले बाख्रापालनबाट मनग्य आम्दानी गर्न थालेका छन् ।

गत वर्ष रु आठ लाख मूल्य बराबरका खसीबोका बिक्री गरेकी उनीले त्यही रकमले अहिले घरखर्च चलाउँदै आएकी छिन् । उनले ३५ वटा बाख्रा पालेकी छिन् । सोही ठाउँका श्रीमाया आलेले गत वर्ष रु ६ लाख मूल्य बराबरको खसीबोका बिक्री गरे । त्यस्तै सोही ठाउँकै डिलमाया आलेले पनि गत वर्ष रु ६ लाख मूल्य बराबरको खसीबोका बिक्री गरीन् । घिरिङ गाउँपालिका–५ माझकोटका नन्दवीर थापाले पनि गत वर्ष रु पाँच लाख बराबरको खसीबोका बिक्री गरीन् ।

थापा र आले मात्र होइन, यहाँका अधिकांश महिलाले बाख्रापालनबाट आयआर्जन गर्दै आएका छन् । तनहुँ, लमजुङ र कास्कीका बाख्रापालक कृषकले गत वर्ष खसीबोका बिक्री गरेर रु तीन करोडभन्दा बढी आम्दानी गरेका छन् । हेफर इन्टरनेशनल नेपाल र नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँको साझेदारीमा तीन जिल्लामा सञ्चालित ‘पशुवस्तुको मूल्यशृङ्खलामा आधारित साना किसानको संस्था सबलीकरण परियोजना’ मार्फत गठन भएका नौ वटा सहकारीमार्फत कृषकले रु तीन करोड ४४ लाख १७ हजार ५५९ को खसीबोका बिक्री गरेका छन् ।

सहकारीमा आबद्ध ९०० भन्दा बढी कृषकले बढीमा रु आठ लाखसम्म खसीबोका बिक्री गरेर आम्दानी गरेको नेपाल एकीकृत ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार सहकारीमा आबद्ध कृषकले सहकारीमार्फत खसीबोका बिक्री गरेका छन् । सहकारीले कृषकले उत्पादन गरेको खसीबोका खरीद गरी व्यापारीलाई सिधै बिक्री वितरणको व्यवस्था मिलाएको थियो ।

भिमाद नगरपालिका–९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाबाट ४४६ खसी बिक्रीमार्फत रु एक करोड २५ लाख ३६ हजार ४५७, भिमाद नगरपालिका–४ स्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट २३६ खसी बिक्रीमार्फत रु २५ लाख ५१ हजार ५००, शुक्लागण्डकी नगरपालिका–१ स्थित दिदीबहिनी कृषि सहकारीबाट १४६ खसी बिक्रीमार्फत रु १३ लाख दुई हजार ८०५, घिरिङ गाउँपालिका–५ स्थित भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीबाट ५१३ खसी बिक्रीमार्फत रु ५६ लाख ६१ हजार २०९, घिरिङ गाउँपालिका–२ स्थित घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारीबाट २४३ खसी बिक्रीमार्फत रु २० लाख २९ हजार १७१, व्यास नगरपालिका–८ स्थित शुभदीप सामाजिक उद्यमी महिला सहकारीबाट १५९ खसी बिक्रीमार्फत रु १४ लाख ७९ हजार ८ सय ३४, मध्यनेपाल नगरपालिका–१ स्थित सप्तधारा सामाजिक उद्यमी महिला सहकारीबाट ४१९ खसी बिक्रीमार्फत रु ४७ लाख ४२ हजार १५, सुन्दरबजार नगरपालिका–१ स्थित भगिरथी सामाजिक उद्यमी महिला सहकारीबाट २३१ खसी बिक्रीमार्फत रु २३ लाख ९६ हजार ७४३ र मादी गाउँपालिका–९ स्थित मिजुरे सामाजिक उद्यमी महिला सहकारीबाट २२० खसी बिक्रीमार्फत रु १७ लाख १७ हजार ८२५ आम्दानी भएको छ । कार्यक्रम संयोजक पौडेलका अनुसार उक्त अवधिमा ती सहकारीमा आबद्ध ९०० कृषकले दुई हजार ६१३ खसी बिक्री गरेका थिए ।

किसानले उत्पादन गरेको खसीबोका गाउँबाटै बिक्री गर्ने र बढीभन्दा बढी मूल्य कृषकले पाऊन् भनेर सहकारीमार्फत खसी बिक्री गर्ने व्यवस्था मिलाइएको भिमाद नगरपालिका–९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष देवी मोक्तान आलेले जानकारी दिइन् । “मूल्यशृङ्खलाका पात्र घटाएर कृषकलाई सेवा दिन सहकारीमार्फत खसी बिक्री गर्ने व्यवस्था मिलाइएको थियो”, उनले भनीन् ।

भगिरथी सामाजिक उद्यमी महिला सहकारीकी व्यवस्थापक शोभा बरालका अनुसार कृषकलाई सहज होस् भन्ने उद्देश्यले सहकारीले गाउँमै हाटबजारको व्यवस्था गरी खसी बिक्री गर्ने व्यवस्था मिलाएको थियो ।

बाख्रापालक कृषकले पशु आहारा व्यवस्थापनका लागि उन्नत जातका घाँस नर्सरी स्थापना गरेका छन् । बाख्रालाई खुवाउनका लागि सहकारी संस्थाले नै सुधारिएको दाना उत्पादन गरेर सदस्यहरुलाई बिक्री गर्ने व्यवस्था मिलाएको छ भने सूक्ष्म पोषक तत्वका लागि खनिज ढिक्काको व्यवस्था पनि सहकारीले नै मिलाउने गरेको छ ।

परियोजना सञ्चालनपछि व्यावसायिक बाख्रापालन

चार वर्षअगाडि परम्परागत रुपमा बाख्रापालन गर्ने यहाँका कृषक अहिले व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका छन् । दुई÷चार वटा मात्रै बाख्रा पालेका कृषकले अहिले ४०÷४५ वटा बाख्रापालन गरिरहेका छन् । हेफरको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्रले सञ्चालन गरेको परियोजनामा चार हजारभन्दा बढी कृषक आबद्ध छन् ।

परियोजनामार्फत बाख्रापालक कृषकलाई पशु स्वास्थ्य शिविर, घाँसको बीउ बेर्ना वितरण, तालीम र बजारीकरणमा सहयोग पु¥याउँदै आएको कार्यक्रम संयोजक पौडेलले जानकारी दिए । पहिलो चरणको तीनवर्षे कार्यक्रम सम्पन्न भएर दोस्रो चरणको कार्यक्रम अहिले दोस्रो वर्षमा प्रवेश गरेको छ ।

“परियोजना सञ्चालन भएपछि परम्परागत रुपमा बाख्रा पालिरहेका कृषक व्यावसायिक बनेका छन्”, उनले भने, “जसले गर्दा कृषकको जीवनशैलीमा परिवर्तन आएको छ ।” परियोजनाको अनुदान र कृषकको साझेदारीमा सुधारिएको खोर निर्माण गरिएको छ । पौडेलका अनुसार प्रत्येक सहकारीमा दुई जनाका दरले ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तयार गरिएको छ ।

भानुमतीकी दिलमाया थापाले हेफरको साझेदारीमा परियोजना सञ्चालनपछि व्यावसायिक बन्नुपर्छ भन्ने प्रेरणा जागेको बताइन् । परियोजनाको शुरुआतसँगै उक्त वडामा सञ्चालन गरिएको आधारशिला तालीमको प्रभाव स्वरुप व्यावसायिक बाख्रापालनमा लागेको उनले बताइन् ।

आधारशिला तालीमअन्तर्गत पशु तथा स्रोतको उचित व्यवस्थापन तालीम लिएपछि गाउँमै बसी बाख्रापालन गर्नुपर्छ भन्ने सोचाइ आएको स्थानीयवासी नरमाया थापाले बताइन् । गाउँबाट बसाइँसराइ गर्ने मनसायसहित बजारमा घर किनिसके पनि तालीमको प्रभावले बसाइँसराइको योजनालाई थाती राखेर व्यावसायिक बाख्रापालनतर्फ लागेको उनले बताइन् । “अहिले बाख्रापालनबाट वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी हुने गरेको छ”, उनले भनिन्, “बाख्रापालनबाट सन्तुष्टि मिलेको छ ।” (रासस)

वि.सं.२०७६ साउन २९ बुधवार १५:५५ मा प्रकाशित

पाल्पामा सवारी दुर्घटना, एक जनाको मृत्यु

पाल्पामा सवारी दुर्घटना, एक जनाको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा...

काठले च्यापिएर एक जनाको मृत्यु

काठले च्यापिएर एक जनाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले...

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन (बागलुङ) । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक...

बेनी-ढोरपाटन-तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

बेनी-ढोरपाटन-तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

मुना (म्याग्दी) । गण्डकी प्रदेशको बेनी–ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा...

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

दमौली (तनहुँ) । व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा...

पशु क्षति भएका कृषकलाई रु १० लाख राहत

पशु क्षति भएका कृषकलाई रु १० लाख राहत

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पशु बिमा कार्यक्रमअन्तर्गत कृषकलाई...