back

केरलाको बाढीमा परी १०४ को मृत्यु, ३६ बेपत्ता

वि.सं.२०७६ साउन ३१ शुक्रवार

126 

shares
NTC AD
Global IME AD

३१ साउन,केरला । भारतको केरला राज्यमा आएको मनसुनी वर्षापछि देखापरेको बाढी, डुबान र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या बिहीबार सम्म १०४ पुगेको छ ।

राज्यको प्रकोप व्यवस्थापन प्राधिकरणले दिएको जानकारीअनुसार बाढीका कारण अरु ३६ जना अझै हराइरहेका छन् भने ३६ जना घाइते अवस्थामा छन् ।

प्राधिकरणका अधिकारीहरूले यो विवरण यही अगस्ट ८ देखि अगस्ट १५ (बिहीबार) दिउँसो तीन बजेसम्मको भएको बताएका छन् ।

केरलाको मालापुरम जिल्लामा बाढीको सबैभन्दा धेरै प्रभाव देखिएको अधिकारीहरूको भनाइ छ । उनीहरूका अनुसार यस जिल्लामा मात्रै ४३ जनाको मृत्यु भएको छ ।

बाढीबाट १४ जिल्लामा प्रभाव परेकोमा दोस्रो धेरै मानवीय क्षति कोझीकोडेमा भएको छ । त्यस जिल्लामा २७ जनाको मृत्यु भएको विवरण आएको छ भने वायानादमा १२ र कानपुरमा ९ जनाको मृत्यु भएको जनाइएको छ ।

अधिकारीहरूका अनुसार बाढीबाट प्रभावित भएकामध्ये एक लाख ७५ हजार ३७३ जनालाई राज्यका विभिन्न ठाँउमा रहेका एक हजार ५७ वटा शिविरहरूमा राखिएको छ ।

बाढीबाट मानवीय क्षति भोगेको परिवारलाई चार लाख रूपैयाँका दरले राहत उपलब्ध गराउने घोषणा मुख्य मन्त्री मिनारायी विजयले बुधबार गरेका थिए । एएनआई

वि.सं.२०७६ साउन ३१ शुक्रवार ०८:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चीन र अमेरिका ‘प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छ’-सी

चीन र अमेरिका ‘प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छ’-सी

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल । सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

वासिङ्टन । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ...

फिलिपिन्समा चरम गर्मीका कारण छ को मृत्यु

फिलिपिन्समा चरम गर्मीका कारण छ को मृत्यु

मनिला । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो

क्यानबेरा । अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा...

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

जिउक्वान (चीन) । सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा...