back

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, हेर्नुहोस् आजको मूल्य कति ?

वि.सं.२०७६ भदौ २६ बिहीवार

297 

shares
NTC AD
Global IME AD

२६ भदौ, काठमाडौँ । दुई महीनादेखि लगातार उकालो लाग्दै गएको सुनको मूल्य पछिल्लो साता भने ओरालो लागेको छ ।

गत साताको शुक्रबारसम्म वृद्धि भइरहेको सुनको मूल्य आइतबारदेखि ओरालो लागिरहेको छ ।

शनिबार प्रतितोला रु ७२ हजारमा कारोवार भएको छापावाला सुन आइतबार प्रतितोला रु ५०० ले घटेर रु ७१ हजार ५०० पुगेको थियो । त्यस्तै मङ्गलबार सुनको मूल्य घटेर रु ७१ हजार पुगेको थियो । बुधबार भने सुनको मूल्य स्थिर रह्यो ।

आज पुनःसुनको मूल्यमा प्रतितोला रु २०० ले गिरावट आएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु २०० ले घटेको छ । तेजाबी सुनको मूल्य रु ५० हजार ५०० निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । बुधबार प्रतितोला रु ८८० मा कारोवार भएको चाँदीको मूल्य रु पाँचले घटेर रु ८७५ पुगेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य ओरालो लागेको छ । विश्व बजारमा आज सुनको मूल्य प्रतिऔस एक हजार ५०२.४० अमेरिकी डलर रहेको छ ।

केहीअघि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस एक हजार ५४० डलरसम्म पुगेको थियो । विश्व बजारमा सुनको मूल्यमा देखिएको गिरावटसँगै नेपाली बजारमा पनि मूल्य घटेको महासङ्घले जनाएको छ ।

वि.सं.२०७६ भदौ २६ बिहीवार १४:५२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गृहद्वारा विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न पत्राचार

गृहद्वारा विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न पत्राचार

काठमाडौँ । गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

सरकारलाई आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न नेकपा एसको आग्रह

सरकारलाई आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न नेकपा एसको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले देशभरि फैलिएको...

जुगल गाउँपालिकाका वडाध्यक्ष तामाङ पक्राउ

जुगल गाउँपालिकाका वडाध्यक्ष तामाङ पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का...

चीनले नेपालीलाई साधारणतर्फ भिषा शुल्क नलिने

चीनले नेपालीलाई साधारणतर्फ भिषा शुल्क नलिने

काठमाडौँ । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

नेपाली चलचित्रले दर्शकको साथ पाए

नेपाली चलचित्रले दर्शकको साथ पाए

काठमाडौँ । नयाँ वर्ष विसं २०८१ को सुरूभएदेखि नै दर्शकहरूले...

आगलागीले हाडबास गाउँ नै सखाप

आगलागीले हाडबास गाउँ नै सखाप

तुलसीपुर (दाङ) । दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा...