back
CTIZAN AD

सरकारलाई आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न नेकपा एसको आग्रह

वि.सं.२०८१ वैशाख १६ आइतवार

840 

shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले देशभरि फैलिएको आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । पार्टी महासचिव घनश्याम भुसालले आज एक विज्ञप्ति जारी गर्दै आगलागीमा परेर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितको उद्धार, राहत र उपचारमा सङ्घ, प्रदेश र स्थानीय सरकारलाई सक्रिय भएर लाग्न अनुरोध गरे ।

विज्ञप्तिमा भनिएको छ, “विगत केही समययता देशभरि आगलागी, डढेलो र तातो हावा (लू) लगायत घटनाबाट जनधनको व्यापक क्षति भएको छ । पछिल्लो एकसातामा देशभरि झन्डै एक हजारभन्दा बढी स्थानका जङ्गलमा आगलागी तथा डढेलो लागेको छ । डढेलो नियन्त्रणका क्रममा कैयन् सर्वसाधारण तथा सुरक्षाकर्मी हताहत भएका घटनाहरूले हामी सबैलाई दुखित र चिन्तित बनाएको छ ।”

महासचिव भुसालले तराई मधेस क्षेत्रमा र केही पहाडी भूभागहरूमा समेत तातो हावा लू चलिरहेकाले जनजीवन अस्तव्यस्त हुन सक्ने अवस्थालाई व्यवस्थापन गरी विपद् जोखिम न्यूनीकरणका साथै पीडित परिवारजनहरूलाई तत्काल उपचार, राहत र बसोबासको समेत यथोचित प्रबन्ध गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत अन्य सरोकारवाला निकायलाई आग्रह गरे । महासचिव भुसालले समयमै यस्ता विपद्हरूको तथ्याङ्क सङ्कलन गरी जनचेतना अभिवृद्धि गर्ने कार्यमा पहल गर्नुपर्ने उल्लेख गरे ।

वि.सं.२०८१ वैशाख १६ आइतवार २२:२३ मा प्रकाशित

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...