back

गोविन्द गौतमले दिए सबैलाई धन्यवाद

वि.सं.२०७६ कात्तिक १ शुक्रवार

150 

shares
RBB AD
NTC AD

१ कार्तिक, काठमाडौँ । गैर आवासीय नेपाली संघको नवौँ विश्व सम्मेलनमा सहकोषाध्यक्षको उम्मेदवार रहेका गोविन्दप्रसाद गौतमले आफू निर्वाचनमा सफल हुन नसकेपनि निर्वाचनमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहघाउने सबैमा धन्यवाद व्यक्त गरेका छन् ।

निर्वाचन परिणाम आएलगत्तै उनले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने र आफ्नो अमूल्य मत दिने सम्पूर्णमा हार्दिक आभार ब्यक्त गरेका हुन् ।

आफू कुनै पनि प्यानलमा नगै स्वस्थ प्रतिस्पर्धामा लागेर निर्वाचन लड्दा पनि यति धेरै मत दिएर आफूलाई माया गरेको अनुभूति भएको भन्दै  आफूले हारेर पनि जितेको अनुभूति भएको बताएको उल्लेख गरेका छन् । उनले भनेका छन् ‘दुबै समूहको टिममा म नपर्दा पनि सम्पूर्ण चेतनशील र विवेकशील गैर आवासीय नेपाली साथीहरूले चिनेको आधारमा मलाई यति धेरै मत दिएको देख्दा मैले हारेर पनि जितको महशुस सगौरव गरेको छु।’

उनले निर्वाचन प्यानलमा लडिएको र आफूले आस्था गरेको समूहले आफूलाई लिष्ट नराखेको दुखेसो समेत पोखेका छन् । उनले भनेका छन् “मैले आस्था गरेको समूहले मलाई आफ्नो टिममा पारेन। अर्को टिमले पनि पहिलो दिन सम्म जुन दिन चुनाव स्थगन गरियो त्यो दिनसम्म मेरो प्रतिस्पर्धीलाई टिममा राखेर लिष्ट बाढेको थिएन। रहस्यमय तरिकाले इलेक्ट्रोनीक मेशिन नबिग्रेको भए फरक नतिजा आउन सक्थ्यो होला। मैले स्वतन्त्र र स्वविवेकमा मर्यादित रुपमा आर्थिक बिसंगतिलाइ अनुकरण नगरि चुनाव लडेँ।’

आफूले हारे पनि अभियानबाट भने टाढा नहुने र निरन्तर लागिरहने प्रतिबद्धता गरेका छन् ।

वि.सं.२०७६ कात्तिक १ शुक्रवार १५:०२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अप्रिलमा मात्रै १ लाख बढी पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति आए ?

अप्रिलमा मात्रै १ लाख बढी पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति आए ?

काठमाडौँ । नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

काठमाडौँ विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत

काठमाडौँ विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत

काठमाडौँ । काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो...

बजेटलाई समयसापेक्ष बनाउन अर्थ विज्ञहरूको सहयोग जरुरी : अर्थमन्त्री पुन

बजेटलाई समयसापेक्ष बनाउन अर्थ विज्ञहरूको सहयोग जरुरी : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटलाई वस्तुनिष्ठ...

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको विकास,...

डिजिटल रुपान्तरणमार्फत समृद्धि हासिल गर्ने सरकारको लक्ष्य छ : मन्त्री शर्मा

डिजिटल रुपान्तरणमार्फत समृद्धि हासिल गर्ने सरकारको लक्ष्य छ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना...

घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु

घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु

मलेखु (धादिङ) । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...