back

अप्रिलमा मात्रै १ लाख बढी पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २० बिहीवार

402 

shares
RBB AD
NTC AD

काठमाडौँ । नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ । पर्यटन बोर्डका अनुसार सन् २०२३ को अप्रिलको तुलनामा सन् २०२४ को अप्रिल सो सङ्ख्यामा पर्यटकको आगमन बढेको हो ।

सन् २०२३ को अप्रिलमा कूल ९८ हजार सात सय ७३ विदेशी पर्यटक आएकोमा सन् २०२४ को सोही अवधिमा एक लाख ११ हजार तीन सय ७६ पर्यटक आएका हुन् । बोर्डका अनुसार सन् २०२२ को अप्रिलमा ६१ हजार पाँच सय ८९, सन् २०२१ मा २२ हजार सात सय ३२, सन् २०२० मा १४ र सन् २०१९ मा एक लाख नौ हजार तीन सय ९९ पर्यटक नेपाल आएका थिए ।

बोर्डका अनुसार अप्रिलमा नेपाल भित्रने पर्यटकमा सबैभन्दा धेरै भारतीय छन् । सो अवधिमा भारतीय पर्यटक ३० हजार एक सय ५८, अमेरिकी पर्यटक नौ हजार नौ सय ४७, चिनियाँ नौ हजार सात सय ५० विदेशी पर्यटक नेपाल आएका छन् । साथै बेलायतबाट पाँच हजार तीन सय ९१, अष्ट्रेलियाबाट चार हजार एक सय १०, बङ्गलादेशबाट चार हजार तीन, फ्रान्सबाट तीन हजार सात सय ५५, जर्मनीबाट तीन हजार दुई सय ७०, रसियाबाट दुई हजार नौ सय ७७ र मलेसियाबाट दुई हजार तीन सय १० पर्यटक नेपाल आएका छन् ।

 

वि.सं.२०८१ वैशाख २० बिहीवार १५:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै

महोत्तरी । प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ जानकी नवमी...

पालिकाले दिने भयो किसानलाई  ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर

पालिकाले दिने भयो किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर

गोदावरी (कैलाली) । जिल्लाको चुरे गाउँपालिकाले व्यावसायिक रुपमा कृषिमा आबद्ध...

विश्वासको मतका लागि प्रधानमन्त्रीद्वारा  संसद सचिवालयमा पत्राचार

विश्वासको मतका लागि प्रधानमन्त्रीद्वारा  संसद सचिवालयमा पत्राचार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने विषयलाई...

बनेपामा ‘कौसीखेती’ कार्यक्रममा तिब्रता, एक हजार घरमा ‘कौसीखेती’

बनेपामा ‘कौसीखेती’ कार्यक्रममा तिब्रता, एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन...

कांग्रेस संसदीय दलको बैठक नयाँबानेश्वरमा बस्दै

कांग्रेस संसदीय दलको बैठक नयाँबानेश्वरमा बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक...

आगामी दुई दिन गर्मी अझै बढ्ने, सावधानी अपनाउन आग्रह

आगामी दुई दिन गर्मी अझै बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौँ । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...