back

करेन्ट लागेर मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

वि.सं.२०७६ मंसिर ६ शुक्रवार

228 

shares
RBB AD
NTC AD

६ मङ्सिर, काठमाडौँ । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ मा करेन्ट लागेर मृत्यु भएका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको छ ।

विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रले करेन्ट लागेर मृत्यु भएका सभापोखरी–६ का भुपाल विश्वकर्माको परिवारलाई रु पाँच लाख १५ हजार क्षतिपूर्तिबापत उपलब्ध गराएको हो । यसअघि प्राधिकरणले किरिया खर्च बापत मृतक परिवारलाई रु १५ हजार उपलब्ध गराई सकेको छ । गत वैशाख १८ गते सभापोखरी गाउँपालिका–६ स्वाचीमा हाइभोल्टेज गएपछि करेन्ट लागेर विश्वकर्माको मृत्यु भएको थियो ।

सो घटनामा अन्य पाँचजना घाइते भएका थिए । करेन्टबाट घाइते भएकी तारा विश्वकर्मालाई रु नौ हजार ६८३, भगवती विश्वकर्मालाई रु १३ हजार ५९७, मञ्जु तिरुवालाई रु ६ हजार ७२५, धनमान लिम्बूलाई रु नौ हजार र कुलबहादुर विश्वकर्मालाई रु ६ हजार ८२५ उपलब्ध गराएको केन्द्रका प्रमुख राम अशिस साहले जानकारी दिए ।

पीडितहरुलाई नेपाल विद्युत् प्राधिकरण विद्युत् दुर्घटना क्षतिपूर्ति विनियमावली २०७६ को विनियम १२ को आधारमा क्षतिपूर्ति उपलब्ध गराएको खाँदबारी वितरण केन्द्रले जनाएको छ ।

वि.सं.२०७६ मंसिर ६ शुक्रवार ११:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
दुर्घटनाका घाइते भन्छन्-गाडी पार्किङ गर्न खोज्दा पल्टियो

दुर्घटनाका घाइते भन्छन्-गाडी पार्किङ गर्न खोज्दा पल्टियो

वैशाख । धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शय्यामा भोजपुर...

बुबाको विरासत जोगाउँदै सुहाङको सांसद यात्रा प्रारम्भ

बुबाको विरासत जोगाउँदै सुहाङको सांसद यात्रा प्रारम्भ

फिक्कल (इलाम) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ...

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

फुङ्लिङ (ताप्लेजुङ) । स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न...

डढेलोले तीन सय हेक्टर वनमा क्षति

डढेलोले तीन सय हेक्टर वनमा क्षति

गाईघाट (उदयपुर) । केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका...

इलाम उपनिर्वाचन : १६ जना उम्मेदवारको जमानत जफत

इलाम उपनिर्वाचन : १६ जना उम्मेदवारको जमानत जफत

फिक्कल (इलाम) । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२...

इलाम-२ मा नेकपा (एमाले)का उम्मेदवार नेम्वाङ विजयी

इलाम-२ मा नेकपा (एमाले)का उम्मेदवार नेम्वाङ विजयी

फिक्कल (इलाम) । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर-२ मा नेपाल कम्युनिष्ट...