back

इलाम-२ मा नेकपा (एमाले)का उम्मेदवार नेम्वाङ विजयी

वि.सं.२०८१ वैशाख १८ मंगलवार

285 

shares
RBB AD
NTC AD

फिक्कल (इलाम) । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर-२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार नेम्वाङलाई नेपाल परिवार दलको पनि समर्थन थियो ।

एमाले उम्मेदवार नेम्वाङले २७ हजार सात सय ७२ मतका साथ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।

उनका अनुसार पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम)ले ११ हजार चार सय ५७ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गरेका छन् । मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गरेका छन् ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । यो निर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए ।

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चालु आवको बैशाख मसान्तसम्म तेह्र खर्बको आयात, १ खर्ब २६ अर्बको निर्यात

चालु आवको बैशाख मसान्तसम्म तेह्र खर्बको आयात, १ खर्ब २६ अर्बको निर्यात

काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले रु ११...

कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक ९ गते बस्ने

कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक ९ गते बस्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक...

बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

गण्डकी । कास्कीमा ग्रामीण क्षेत्रका किसान धानखेती छोडेर कागतीखेती गर्न...

कारागार भवन जीर्ण हुँदा त्रासमा कैदीबन्दी

कारागार भवन जीर्ण हुँदा त्रासमा कैदीबन्दी

महोत्तरी । जलेश्वरस्थित महोत्तरी कारागार भवन मर्मतसम्भारको अभावमा जीर्ण बन्दैगएको...

गत फागुनदेखि खानेपानी आयोजनाको निर्माण ठप्प

गत फागुनदेखि खानेपानी आयोजनाको निर्माण ठप्प

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था...

इरानी राष्ट्रपति रायसीको मृत्यप्रति विश्वका नेताद्वारा शोक व्यक्त

इरानी राष्ट्रपति रायसीको मृत्यप्रति विश्वका नेताद्वारा शोक व्यक्त

नयाँदिल्ली, भारत । युरोपेली युनियन (ईयू), रूस, चीन, भारत, पाकिस्तान,...