back

सरकारलाई लोकप्रिय र जनमुखी बनाउन दलाल पुँजीवादको घेरा तोडौं

वि.सं.२०७६ मंसिर ९ सोमवार

129 

shares
RBB AD
NTC AD

नेपाली वर्गसंघर्षका अनैकौ स्वरुपसंगै २०६२\०६३ मा भएको शान्तिपूर्ण जनक्रान्तिबाट सामान्ती राजतन्त्रको अन्त्य भई मुलुकमा गणतान्त्रिक व्यवस्थाको स्थापना भएको छ । संविधानतः जनता सार्वभौमसत्ता सम्पन भएका छन् । अब र्आिर्थक सामाजिक रुपान्तरण गरेर समाजबादी बाटोमा मुलुकलाई अगाडी बढाउन जरुरी छ । यसका लागि सहि कार्यनीतिक कार्यदिशा निर्धारण गरेर अगाडी बढनु पर्ने बेलामा एउटा कोणबाट अब राजनीतिक आन्दोलनको आवश्यकता नरहेको, अब त विकास र समृद्धिको बाटोमा अगाडी बढ्नु पर्दछ । कुनै राजनीति,सिद्धान्त ,विचार, बाद भन्दा पनि राजनीति गरेर विकास र समृद्धि हासिल गर्नुपर्दछ भन्ने विचारहरु नेपाली राजनीतिमा प्रवाह भईरहेको छ ।

यसरी नेपाली राजनीतिमा प्रवाह भईरहेका यस किसिमका बिचारहरुले आखिर अब मुलुकमा सांच्चिकै सबै खाले द्धन्द्ध वा संघर्ष समाप्त भएकै हुनत ? के गणतन्त्र आई सके पछि हिजो राजतन्त्रका विरुद्धको जस्तो संघर्ष आन्दोलन गर्नु पदैन त ? भनेर प्रश्न उठने गरेको छ । निश्चय नै संविधानले दिशावोध गरे अनुरुप विकास र समृद्धि हासिल गर्दै आर्थिक र सामाजिक रुपान्तरण गरेर समाजवादको आधार निर्माण गर्न सम्पूर्ण शक्ति केन्द्रीत गर्दै अगाडी बढ्न जरुरी छ । यसरी अगाडी बढी रहदा बाटोमा देखा परिरहेका तगारोलाई नजर अन्दाज गरीयो भने विकास र समृद्धि हासिल गर्ने कुरा केवल भाषणको विषय बन्न पुग्दछ यो त केवल अँध्यारोमा ढुङ्गा हाने जस्तो मात्र हुनेछ । समाज बिकासको क्रममा दास प्रथा,सामन्तबाद हुदै पुंजीबादमा समाज आई पुगेको छ । यहां सम्म आई पुग्दा भिषण संघर्ष ,आन्दोलन र क्रान्ति सम्पन्न भएका छन । अब पुंजीबादबाट समाजबादमा जादां पनि यस्तै संघर्ष हुन्छ र समाजबाद हुदै साम्यबादी समाजमा पुग्दा पनि मित्रतापुर्ण अन्तरबिरोध र द्धन्द हुन्छ भनेर माक्र्सले उल्लेख गरेका छन भने पछि पुंजीबादी ब्यबस्थामा संघर्ष आन्दोलन आबश्यक छैन भनेर स्वयं बामपन्थीहरुले भन्नु यो त केबल अवसरबादी र यथास्थितिबादी एबं दक्षिणपन्थी सोंच चिन्तन बाहेक अरु केही होईन ।

नेपालको विशिष्ट परिस्थितिमा सामन्तवाद विरोधी राजनीतिक आन्दोलनले सफलता प्राप्त गरी गणतन्त्र स्थापना भएको छ । जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने संविधान निर्माण भएको छ । यस सन्दर्भमा नेपालमा राजनीतिक हिसाबले सामन्तवादको अन्त्य भएको छ ।तर श्रपजीवी वर्ग माथि साम्राज्यबादी पुंजीबाद र दलाल पुंजीबादको शोषण र उत्पीडन कायमै छ । अब संविधानले दिशाबोध गरेको बाटोबाट राजनीतिक आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गरी समाजबादको आधार निर्माण गर्न व्यवधान खडा गर्ने शक्ति,र प्रबृति नै यतिखेर नेपाली समाजको प्रमुख अन्तर विरोधको रुपमा रहेकोे छ र संघर्षको निशाना पनि यही शक्ती र प्रवृति विरुद्ध हुन आबश्यक छ ।
सामन्तबाद बिरोधी पूँजीवादी जनवादी राजनीतिक क्रान्तिको सफलताबाट नेपाली समाज सामन्तबादबाट पूँजीवादको प्रारम्भिक चरणबाट विकास भई रहेको छ । तर साम्राज्यवादी पूँजीवादको हस्तक्षेप र प्रभावका कारण प्रारम्भिक अबस्थामा रहेको पूँजीबाद पनि आधारभूत रुपमा दलाल चरित्रको रुपमा विकास भई रहेको छ । दलाल पूँजीवादले राष्ट्रिय पूँजीको विकास गरेर उत्पादन र स्वरोजगारी बृद्धि गरी आर्थिक विकास र समृद्धि हासिल गर्न व्यवधान खडा गरेको छ । यसरी नेपालको विकास र समृद्धिको बाधकको रुपमा रहेको दलाल पूँजीवादको गहिरो सँग अध्ययन, विश्लेषण गरेर त्यसका विरुद्ध संघर्ष गर्नु नै अहिलेको आवश्यकता हो । तर सतही रुपमा विकास र समृद्धिको मात्र कुरा गर्दा लक्ष्य प्राप्त गर्न सकिन्न । अहिलेको नेपालको बाम आन्दोलनमा देखा परेको मुख्य समस्या पनि यही हो ।

दलाल पूँजीवादले नेपाली पूँजी र प्रविधिको विकास हुन दिई रहेको छैन । खास गरी बहुराष्ट्रिय निगमका कम्पनीले विकास गरेको प्रविधि र वस्तुलाई खुल्ला आयात नीतिका माध्यमबाट नेपाली बजारमा भित्रयाउदा एकातिर स्वदेशी उद्योगहरु धाराशयी भएका छन् भने अर्काे तिर वस्तु उपभोग गरे बापतको पूंजी पनि बहुराष्ट्रिय निगमका एजेण्ट मार्फत विदेश तर्फ नै जाने गरेको छ । बहुराष्ट्रिय निगमका वस्तुले नेपाली बजारमा एकाधिकार जमाएका छन्, यसले गर्दा बजारमा अनियन्त्रित मूल्य बृद्धि भई महंगी बढ्न गएको छ । दलाल पूँजीवादले राज्य संयन्त्रका अधिकारीलाई नै प्रभावमा पार्ने गरेका कारण नै कार्टेलिङ, एकाधिकार तवरले मूल्य निर्धारण, वस्तुको गुणस्तरीयतामा हस हुदै गएको छ र बजार अनुगमन प्रभावहीन हुदै गएको छ । वस्तु आयातमा सिमित व्यक्तिले लाईसेन्स लिएर एकाधिकार कायम गर्ने गरेका कारण पनि बेला बेलामा बस्तुको अभाव श्रृजना गरी दिने, तोकिए बमोजिमको परिणाममा बजारमा वस्तु आयात नगरी दिने र एकाएक मुल्य बृद्धि गरी अभाव खडा गरि दिने प्रवृत्ति बढेको छ ।

दलाल पूँजीवादले मूलतः अनुत्पादन क्षेत्रमा पुँजी प्रयोग गर्ने गरेको छ । केबल कमिशन र अधिक मुनाफा केन्द्रीत क्षेत्रमा लगानी केन्द्रित गर्ने जस्तै शेयर कारोबार, रियल स्टेट, मेनपावर व्यवसाय तर्फ बढी लालयित हुने भएका कारण रोजगारीका अवसरलाई संकुचन गर्दै आएको छ । बहुराष्ट्रिय निगमको औद्योगिक वस्तु देश भित्र बेरोकटोक आउन थालेपछि देश भित्र स्वच्छ तवरले औद्योगिक एवं व्यापारिक प्रतिस्पर्धा हुन दिदैन, साथै कृषि क्षेत्रलाई प्रोत्सहन गरेर उद्यमसंग जोडन नदिने दलाल पूँजीवादीको विशेषता बनेको छ । परिणामस्वरुप उधोग कलकारखाना नहुदा युवा श्रम शक्तिले देश भित्र रोजगारी प्राप्त गर्ने अवसर नपाउदा सस्तो श्रममा विदेशमा गएर रोजगारी गर्न विवश हुनु परेको छ । अझ सरकारी स्तरबाट नै देश भित्र रोजगारीका अवसर श्रृजना हुने गरि औद्योगिक गतिविधिलाई तीव्रता प्रदान गर्नुको सट्टा विभिन्न देशमा श्रम संम्मmौता गर्ने जुन नीति छ, यसले साम्राज्यवादी दलालपूँजीवादलाई नै सहयोग पु¥याउने काम गरेको छ । देश भित्र विदेशी पूँजी र प्रविधि भि¥याउने क्रममा एनसेल जस्तो कम्पनीले संचार क्षेत्रमा कायम गर्दै गरेको एकाधिकारले एकातिर राज्य कमजोर बन्दै गएको छ भने अर्काे तिर देश भित्र व्यवसायबिक्री बितरण गरी कमाए बापत पचासौ अरब पूँजीगत लाभकर राजनीतिक र न्यायालयको संरक्षणमा भुक्तानी नगरेर अर्थतन्त्र कमजोर बनाउने काम गरेको छ ।

दलाल पुँजीवादले नेपाली पूँजी र प्रविधिको विकास हुन दिई रहेको छैन । खास गरी बहुराष्ट्रिय निगमका कम्पनीले विकास गरेको प्रविधि र वस्तुलाई खुल्ला आयात नीतिका माध्यमबाट नेपाली बजारमा भित्रयाउदा एकातिर स्वदेशी उद्योगहरु धाराशयी भएका छन् भने अर्काे तिर वस्तु उपभोग गरे बापतको पूंजी पनि बहुराष्ट्रिय निगमका एजेण्ट मार्फत विदेश तर्फ नै जाने गरेको छ । बहुराष्ट्रिय निगमका वस्तुले नेपाली बजारमा एकाधिकार जमाएका छन्, यसले गर्दा बजारमा अनियन्त्रित मूल्य बृद्धि भई महंगी बढ्न गएको छ । दलाल पूँजीवादले राज्य संयन्त्रका अधिकारीलाई नै प्रभावमा पार्ने गरेका कारण नै कार्टेलिङ, एकाधिकार तवरले मूल्य निर्धारण, वस्तुको गुणस्तरीयतामा हस हुदै गएको छ र बजार अनुगमन प्रभावहीन हुदै गएको छ ।

दलाल पूँजीवादले अनियमितता,कर छली र कानूनको उलङघन गरी राज्यलाई कमजोर बनाउने काम गर्दछ । सरकारी अधिकारीहरुलाई घुस तथा नजराना बुझाएर आफ्नो काम फत्ते गर्ने ,सार्वजनिक जग्गा हडप्ने, मापदण्ड पुरा नगरी सरकारी अधिकारीलाई प्रभाबमा पारेर व्यवसाय संचालन गर्न इजाजत लिने, विकास आयोजनाहरु ठेक्का पारेर, समयभित्र आयोजनामा सम्पन्न नगर्ने, जलबिधुत लगायत अन्य आयोजनाको संचालन र निर्माणको लाईसेन्स लिएर होल्ड गर्ने वा मोटो रकम लिएर लाईसेन्स विक्री गर्ने, निर्माणाधिन आयोजनाहरुको उल्टै समय गुजारेर आयोजनाको लागत बढाई दिने, निर्माण भएको आयोजना गुणस्तर हिन बनाई दिएर राज्यलाई कमजोर बनाउने र सेवाग्राहीलाई गुणस्तरहीन बस्तु तथा सेवा प्रदान गर्ने काम दलाल पूँजीवादले गर्दै आएको छ ।

दलाल पूँजीवादले आर्थिक क्षेत्रमा मात्रै होइन राजनीतिक एवं सामाजिक क्षेत्रमा समेत पकड जमाएको छ । मोटो पैसा बुझाएर राजनीतिक पार्टीहरुबाट टिकट लिने, निर्वाचनमा जे जति पनि पैसा खर्च गरेर, जे जसरी भए पनि विजयी हासिल गर्ने खालका हर्कतले स्वच्छ, निश्पक्ष एबं धांधली रहित निर्वाचन प्रणालीमा गंभीर प्रहार गरिदिएको छ । दललापु.जीबादले पैसा कै भरमा धर्मान्तरण गरिदिने र जातीय र साम्प्रदायिक सद्भाव खल्वलाई दिने सम्मका काम हुने गरेको छ । गैह्र नेपालीलाई पैसा कै भरमा नागरिकता दिलाउन प्रशासनलाई समेत प्रभावमा पारी मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता, सार्वभौमिकतामा समेत खलल पु¥याउने काम गर्दै आएको छ । यसर्थ पनि यतिखेर दलाल तथा नोकरशाही पुँजीवाद नै मुलुकको अग्रगति, प्रगति, समृद्धि र आर्थिक विकासको बाधक बनेको छ ।

यतिखेर श्रमजीवी वर्गको अग्रदुत पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा सरकार गठन भएको छ । तसर्थ नेपाली श्रमजीवी जनताको वर्गीय एवं राजनीतिक हिसाबले बाधक बनेको दलाल पूँजीवादका बीचको अन्तर विरोध लाई सी ढंगले खुटयाउदै यसका बिरुद्धको संघर्ष र टक्कर तीव्र बनाउदै लैजान जरुरी छ । दलाल पूँजीवादका विरुद्ध माथि उल्लेखीत विकृति एवं विसंगतीलाई अन्त्य गर्ने गरी सरकारले जति जनमुखी नीति योजना र कार्यक्रमलाई अगाडी बढाउने छ, त्यति नै दलाल पूँजीवाद कमजोर बन्दै जानेछ । यसका बिरुद्ध संघर्ष गर्न सक्दा नै सरकारको लोकप्रियता बढेर जाने छ ।

तसर्थ सरकारले राष्ट्रिय पूँजीको निर्माण र प्रोत्साहन गर्ने गरि अर्थ नीतिलाई अगाडी बढाउनु पर्दछ । उत्पादन बढाउने, रोजागरीका अवसर श्रृजना गर्ने र निर्यात बढाउने गरी नीजि पूँजीलाई प्रोत्साहन गर्ने,नीजिकरण र व्यापारीकरण भई रहेको जनताका आधारभूत सेवाहरु – शिक्षा, स्वास्थ्य, आवास, खानेपानी, खाद्यान्न, यातायात क्षेत्रलाई सर्बसुलभ बनाउने र यसबापत बचत हुने वचतरकमलाई प्रोत्साहन गरी राष्ट्रिय पुंजी निर्माण गरि परिचालन गर्ने नीतिलाई अगाडी बढाउदा राष्ट्रिय पूँजीको आकार बिस्तारित ढंगले निर्माण भई दलालपूँजीवाद क्रमशः कमजोर बन्ने छ । यसका साथै, सार्वजनिक सेवा मार्फत जनतालाई सर्वसुलभ सेवा प्रवाह गर्ने, सिण्डीकेट, कार्र्टेलीङलाई रोक लगाउने, विकास निर्माणका कार्यमा सार्वजनिक स्वामित्वमा निर्माण कम्पनी खडा गरेर विकास आयोजनाहरुलाई सुचारुपले गुणस्तरीय ढंगले सम्पन्न गर्ने गराउने, निर्माण सामाग्रीको अभाव हुन नदिने गरी विकास आयोजना संचालन गर्नु पर्दछ ।शीप, पूजी र बजारको सुनिश्चितता गर्ने गरि बेरोजगार युवा युवतीका लागि शीपमूलक तालीमको प्रत्याभूती गरी सस्तो दरको कर्जा पूँजीको रुपमा उपलब्ध गराई स्वरोजगार उद्यमी बनाउने नीति लिनु पर्दछ । नीजि उद्यमी व्यवसायीले उत्पादन गर्ने बस्तुको बजारको सुप्रबन्ध गरेर मात्र देशमा उद्योग व्यवसाय फस्टाएर जान्छ साथ साथै आयात प्रतिस्थापन भई निर्यात बृद्धि हुदै जाने छ र यसैको जगमा मुलुकमा आर्थिक विकास समृद्धि, हासिल गर्ने र स्वाधीन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणको आधार तयार हुने छ ।

दलाल पूँजीवादका विरुद्ध संघर्ष गर्न विशेषत : पार्टी र सरकारका विचमा सम्बन्ध व्यवस्थित हुन जरुरी छ । कम्युनिष्ट पार्टी भित्र नयाँ ढंगले क्रान्तीकारी कार्यशैली र जीवन शैलीको अबलम्बन गर्नु पर्दछ । पार्टी भित्र कार्य सम्पादनमा आधारित मुल्याङ्कन प्रणाली र यसैका आधारमा नेतृत्व छनोट गर्ने प्रणालीको विकास गर्ने , पार्टी कार्यकर्तालाई उत्पादन सँग जोड्ने, सबै नेता कार्यकर्ताले राज्यलाई अनिबार्य कर बुमmाउने नीतिको अबलम्बन,पार्टीका नेताको आवधिक रुपमा स्वतन्त्र तवरले सम्पत्ती छानबीन गर्ने संयन्त्रको ब्यबस्थाका साथै आधारभूत तहसम्म वैचारिक अभियानको सघन संचालन गरेर मात्र पार्टी र सरकार्रलोकप्रीय र जनमुखी बन्ने छ । जनताको निरन्तरको विश्वासबाट राज्य संचालनको नेतृत्व प्राप्त हुन सक्दा मात्र समाजवाद निर्माणमा नेतृत्वकारी भूमिका निवाह हुन सक्तछ ।
लेखक सत्तारुढ नेकपाका केन्द्रिय सदस्य हुन ।

वि.सं.२०७६ मंसिर ९ सोमवार १२:५९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य

डा गोविन्दराज पोखरेल समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि ठूलोमात्रामा लगानीको आवश्यकता...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

दीपेन्द्रबहादुर क्षेत्री काठमाडौँ । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा

राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा

ईश्वर पोखरेल, काठमाडौँ  मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि जेठा...

यसरी रोक्न सकिन्छ युवा पलायन 

यसरी रोक्न सकिन्छ युवा पलायन 

प्रेमलकुमार खनाल औषत वार्षिक १० लाख युवा कामको खोजीमा विदेशीन...

यस्तो छ दक्षिण कोरिया आर्थिक विकासको सुत्र

यस्तो छ दक्षिण कोरिया आर्थिक विकासको सुत्र

पार्क थेयङ, काठमाडौँ । नेपालमा आगामी वैशाख १६ र १७...

एलन मस्कको जीवनबाट हामीले पनि सिक्ने कि ?

एलन मस्कको जीवनबाट हामीले पनि सिक्ने कि ?

काठमाडौँ । समकालीन विश्वमा एलन मस्कको नाम नसुन्ने व्यक्ति कमै...