back

नेपाल–भारत सीमाका तीता तथ्यहरु

वि.सं.२०७६ पुस १८ शुक्रवार

1.3K 

shares
RBB AD
NTC AD

विशाल नेपाल – हाम्रो अभियानले सुगौली सन्धी अनुसार्र नेपालको नक्सा भएको भन्दै ‘सुगौली सन्धी खारेज गर्, नेपालको सबै भुभाग फिर्ता गर’ भन्दै अभियान चलाइ रहेको छ ।

नवलपरासिको नारायणी नदीको सुस्ताक्षेत्रमा ३७० घरका २५०० जनाले उपभोग गरेको सर्भे नापी भै लालपुर्जा प्राप्तभएका १४,८६० हेक्टर जमिन भारतले अतिक्रमण गरेको पाइएको छ । त्यहाँ भारतले आफ्ना १,००० जना नागरिकलाई बसाएको छ र त्यहाँका सिमास्तम्भहरु पनि हराएका छन । ३.५ किमी उत्तर नेपालतिर सारिएकाछन । मदिचुरे र दारानाला अतिक्रमित गरिएको छ । भैसाटोलनलाई बाल्मिकीनगर नामाकरण गरेर नेपालको प्राकृतिक सम्पदालाई समेत तहसनहस पार्दै भारत बनाउने मनोबैज्ञानिक दवाव श्रृजना गरिएको छ ।

हिमाली क्षेत्र, प्राकृतिकसम्पदाहरु, त्यसभित्र भएका कला, साहित्य, गुम्वा, चैत्यमन्दिरहरु, जडिबुटी, भू-स्खलन, खनिज, पशुपंक्षी आदी । नेपालको सामरिक महत्वको क्षेत्र,यो विश्व सम्पदा क्षेत्र पनि हो । त्यसकारण यहाँ प्रवेश गर्न निषेध गरिएको थियो तर यी बिषयहरुको ख्यालै नगरी भारतले एकलौटी नेपाल भूमिको प्रयोग गरेर चिनको जासुसी गर्ने जस्ता अनेकन गतिविधिहरुले यो क्षेत्र बीसं २०४७ पछिको सरकारले भारतको दवावमा खुल्ला गरिदिएको बिषयलाई लिएर अमेरिका र पश्चिमा देशहरु पनि खुसी भएको बिषय नकार्न मिल्दैन ।

नेपाल भारत दुई देश बिच १७५१ कि.मी. लामो खुल्ला सिमाना रहेको छ । नेपालको तिनैतिर भारतसित सिमाना जोडिएको छ । नेपालका २८ जिल्लाहरुमा ६४० नदीहरु र बाँकिरहेका स्थलहरु सिमास्तम्भहरुले छुट्याइएको छ र त्यस्ता सिमाहरुलाई परसार्ने र मिच्ने र भत्काएर बसोवास गर्ने र गराउने जस्ता बिभिन्न खाले अतिक्रमणहरु भारतिय पक्षबाट हुँदै आएको छ । नेपालको २२ जिल्लाका ८७ स्थानहरुमा सिमाहरु यसरी अतिक्रमण भएको पाइएको छ । यी सवै क्षेत्रहरुमा भारतिय पक्षबाटै अतिक्रमण भएको पाइएको एक सर्वेक्षणले जनाएको छ ।

सिमा समस्या र यसको समाधान गर्न म्याण्डेट नै नपाएको अनिर्वाचित सरकारले २०६४ सालमा सुस्ता र कालापानी बाहेक सबै समाधान भएको घोषणा गरे पनि देशको ८७ स्थानहरुमध्ये ८५ स्थानहरुमा २०७४ पछि पूर्णरुपमा अतिक्रमण गरिएको तथ्याङ्कले जनाएको छ ।

नेपालको राजनिति लहर र तिनवटै शक्ति भारत पक्षधर भएका समयमा भारतले एकतर्फी बनाएको नक्शानुसार भारतिय पक्षबाट नेपालको ८७ स्थानहरुमा भएका अतिक्रमित भू(भागहरु सवै भारतको हुनेगरी गरिएको समझदारी गलत, तथ्यहिन र भ्रमपूर्ण छ ।

सिमा समस्याहरु चार किसिमका रहेको पाइएको छ :
(१) सिमाक्षेत्र अतिक्रमण गर्ने।
(२) सिमा स्तम्भहरु भत्काउने।
(३) दशगजा अतिक्रमण।
(४) नदी बहावको बिपरित सिमाना निर्माण गर्नु

(१) सुस्ता र कालापानी पञ्चायतकाल पूर्वदेखिका बिवादित क्षेत्रहरु हुन । पंञ्चायतकालमा नेपालले फिर्ता लिएर त्यहाँ सर्वे नापी समेत गराएर किशानहरुलाई लालपुर्जा समेत बितरण गराएको थियो र त्यस क्षेत्रमा छुट्टै गाउँपञ्चायत पनि गठन गरेको थियो, तर भारतिय बलबाट २०४७ सालमा नेपालको राजनितिमा परिवर्तन आएपछि भारतले उक्त नेपाली भूमी खोसेको हो ।

(२) कालापानी फिर्ता गराउन पञ्चायतकाल सकृय रहेको पाइन्छ । त्यहाँ भारतिय सेनाको क्याम्प नै भएकाले नेपालले नेपाली सेना प्रयोग गरेर पाकिस्तान र चिनबाट तिक्तता आउन नदिन शान्तीको मार्ग अबलम्बन गर्दै फिर्ता गरेको थियो ।

(३) पञ्चायतकालमा भारतले नेपाल भूमिमा निर्माण गर्नलागेको टनकपुर बाँधमा प्रयोगमा ल्याइएका ट्रक, वुल्डोजर र क्रेनहरु बल प्रयोग गरेर नेपालले जफत गरेको थियो र त्यसपछि उनिहरुले त्यो भूमी छाडेका थिए ।

(४) २००७ सालको राजनैतिक परिवर्तनपछि भारतका जवाहारलाल नेहरुको आसय बमोजिम नेपालका उत्तरतर्फका सबै महत्वपूर्ण ठाउँहरुमा भारतले आफ्ना चेकपोष्टहरु खडा गरेको थियो यसरी खडा गरिएको सवै चेकपोष्टहरु नेपालले हटाएको थियो ।

सवै देशले सवै आ–आफ्ना भूभागमा आवस्यकतानुसार सवैले बस्न र पस्न नपाउने ब्यबस्था आ–आफ्नो देशको कानुनले निर्दिष्ट गरेका निश्चित ठाउँहरु हुन्छन् । भारतमा पनि यस्ता धेरै ठाउँहरु छन् । हिमाली क्षेत्र, प्राकृतिकसम्पदाहरु, त्यसभित्र भएका कला, साहित्य, गुम्वा, चैत्यमन्दिरहरु, जडिबुटी, भू-स्खलन, खनिज, पशुपंक्षी आदी । नेपालको सामरिक महत्वको क्षेत्र,यो विश्व सम्पदा क्षेत्र पनि हो । त्यसकारण यहाँ प्रवेश गर्न निषेध गरिएको थियो तर यी बिषयहरुको ख्यालै नगरी भारतले एकलौटी नेपाल भूमिको प्रयोग गरेर चिनको जासुसी गर्ने जस्ता अनेकन गतिविधिहरुले यो क्षेत्र बीसं २०४७ पछिको सरकारले भारतको दवावमा खुल्ला गरिदिएको बिषयलाई लिएर अमेरिका र पश्चिमा देशहरु पनि खुसी भएको बिषय नकार्न मिल्दैन ।

(१) सिमा अतिक्रमणकै बिषय अन्तर्गत दार्जुलाको लिपियाधुरासंगै कालापानिमा चिन र भारत बिच युद्ध भएका बखतदेखी ३७२ बर्ग किमी क्षेत्रफल भू-भाग भारतिय सेनाले अतिक्रमण गरेर राखेको छ । सन१९६५ देखि अहिलेसम्म भएका गणना र नापी सर्वे अभिलेख तथा माल अड्डामा अवादी जग्गाको मोठ र नक्शा सवै तिरोभरो हालसम्म नेपालले नै गर्दै आएको छ ।

(२) महाकाली नदी पश्चिम सिमा नदी भएपछि बैतडी देखि नै सिंगो महाकाली नदी मझधार सिम्मा हुन सक्दैन, किनकी त्यो नदी र भू(भाग सवै नेपालकै हो ।

(३) कञ्चनपुर जिल्लाको शारदा नहर उत्तर टनकपुरमा २२२ बिगाहा भारतले अतिक्रमण गरेको पाइएको छ । ४० नं को सिमास्तम्भ नै भत्काइएको र निशाना नै मेटाइएको छ । ब्रम्हदेव मण्डिमा सिमास्तम्भ गायव गरिएको छ ।

(४) परासन, रामपुर, बिलासपुर, टिल्टा क्षेत्रहरुमा ३०७ बिगाहा, दोधारा र चाँदनी र लक्ष्मिपुरमा १० बिगाहा, झिलमिलामा १५ बिगाहा, बेल्डानिमा १५ बिगाहा र सुक्लाफाँटामा २४ बर्ग किमी जमिन अतिक्रमित भएको छ । रुपन्देहिको बेल्डिहा र सुनौली नाकामा भारतिय अतिक्रमण भएको पाइएको छ । यहाँ भारतले प्रहरी पोष्ट नै खडा गरेको छ । शौचालय, भारत प्रवेशद्वार, टेलिफोन र बिध्धुतका खम्बाहरु र अन्य भवनहरु समेत भारतले निर्माण गरेको पाइएको छ ।

नवलपरासिको नारायणी नदीको सुस्ताक्षेत्रमा ३७० घरका २५०० जनाले उपभोग गरेको सर्भे नापी भै लालपुर्जा प्राप्तभएका १४,८६० हेक्टर जमिन भारतले अतिक्रमण गरेको पाइएको छ । त्यहाँ भारतले आफ्ना १,००० जना नागरिकलाई बसाएको छ र त्यहाँका सिमास्तम्भहरु पनि हराएका छन । ३.५ किमी उत्तर नेपालतिर सारिएकाछन । मदिचुरे र दारानाला अतिक्रमित गरिएको छ । भैसाटोलनलाई बाल्मिकीनगर नामाकरण गरेर नेपालको प्राकृतिक सम्पदालाई समेत तहसनहस पार्दै भारत बनाउने मनोबैज्ञानिक दवाव श्रृजना गरिएको छ ।

पर्साको ठोरिका २ स्तम्भहरु हराएका छन् । ८३ र ८४ नं ५.४५, ४६ र ४७ लाई भत्काएर नामेट पारिएको छ । यहाँको २० बिगाहा जमिन भारतले हस्तक्षेप गरेको छ । त्यहाँ भारतिय सैनिक अड्डा समेत बनाइएको छ । अलौ, सिर्सिया, बिश्रामपुर र मिसवाका सिमास्तम्भहरु उखेलेर ५ सय बिगाहा जमिन अतिक्रमित गरिएको छ । त्यहाँ भारतिय सिमाबले आफ्नो परेड मैदान समेत बनाएको पाइएको छ । चुरे पहाडको माथि ठुटे खोलाको सिरमा अतिक्रमण गरिएको छ । चुरे पहाडको तल्लो पानी ढलेको हज्जारौं बिगाहा जमिन अतिक्रमण गर्न कोसिस गरिएको छ । सिर्सिया क्षेत्रमा रहेको ३३ न. को सिमास्तम्भ उखेलेर सो ठाउँमा भारतले आफ्नो बाणिज्यदुतावास र भञ्सार कार्यालयको भवन निर्माण गरेको छ ।

रक्शौल, अमलेखगञ्ज रेल सेवा संचालन गर्न सन १९२६ जुन २९ तारिकमा भारतको पूर्वी चम्पारण मोतिहारी कोटबाट किनेको नेपाली जमिनमा भारतियहरुले अतिक्रमण गरि बस्ती बसालेको पाइएको छ । बनवासाको दशगजाहा अतिक्रमित भएको छ । त्रिभुवन बस्ति र बुद्ध बस्तिका सबै सिमास्तम्भहरु, पिल्लर न. १९४ का वरिपरिका घडेरी प्लटहरु अतिक्रमित भएकाछन् । सारदा ब्यारेजमा १४।८५ हेक्टर अतिक्रमण भएको छ । कैलालिको बिरनाला भन्दानालाबिचका सिमास्तम्भहरु गायब गरिएको छ । फूलवारी गाउँको मोहना नदीका दुवै किनारामा रहेका वन(जंगलहरु भारततिर गाभिएको छ ।

(५) कैलालीमा नेपालीभूमी माथिभारतिय हस्तक्षेपको बिरुद्धमा बुलन्द आवाज उठाउँदैगर्दा स्थानिय गोबिन्द गौतमको भारतिय एसएसबिको गोली लागेर उनको मृत्यू भएको थियो ।

बर्दियाको परसान क्षेत्रमा १९२ देखि १९८ नं सिमास्तम्भहरु र पाँचवटा उपसिमास्तम्भहरु गायव गरि ६७.५ बिगाह जमिन अतिक्रमण गरिएको छ । सालपुरमा ६१ र १र ६१ र ४ हटाएर ७० बिगाहा जमिन हडपिएको छ । गुलरियाको दक्षिणी भाग जंगल समेत चभौकी, सरला गाउँका छेउको ६१ नं पिल्लर गायव गरिएको छ । त्यहाँ ६७.५ र गुलरिया सदरमुकाम गुलरियाद नपाको सिमास्तम्भ गायभ गरि सैयौं बिगाहा जमिन अतिक्रमण गरिएको पाइएको छ ।

(६) भारतिय सिमाबलले रिसिबी सांध्न २०६४ साल कार्तिक ९ गते साइकलमा सवार घरायसी समान किनेर आफ्नो घरतिर आउदै गरेका रामदुलारे चमारअलाई एसएसबिका शिवकुमार ठाकुरले दशगजाहा क्षेत्रमा गोली हानी हत्या गरेको थियो र तिनदिन पछि मात्र शव फिर्ता गरिएको थियो भने त्यसैगरि नेपालगञ्जको दशगजाहा क्षेत्रमा समेत अतिक्रमण भएको छ । सन्तालिया क्षेत्र अतिक्रमण गरिएको छ । दाङ देउखुरिको कोइलावास रेञ्जको हर्नडाँडा र डुडुवा रेञ्जको भू-भाग भारतले अतिक्रमण गरेको छ । यस्को क्षेत्रफल नाप्न बाँकी छ ।

कपिलबस्तूको अरानालामा सिमास्तम्भ गायव गरिएको छ । सालघारी वन, गोण्डा, रामनगर वन डिभिजन कार्यालयले कब्जामा राखेको छ । झापाको पाठामारी, मेची नगरपालिका, नकलबन्दा, बाहुनडाँगी गाबिसका सिमाना क्षेत्रका भू-भागहरु अतिक्रमण भएका छन् । मेची नदीको पारिपट्टीको महेशपूर गाबिसको वार्ड नं २ को जग्गाहा १७९ बर्ष पछि भारतले आफ्नो भूमी भनेर दाबी गरेको छ । त्यहाँ खडा गरिएको जँगे पिल्लरको ख्यालै नगरी भद्रपूर नपा भित्र एकलौटी ढंगबाट सिमास्तम्भहरु गाडीएका छन् । नेपाली माल अड्डामा समेत लगत कायम भएको ३ सय बिगाहा जमिनलाई भारतले दाबि गरेको पाइएको छ । मेची नदीको बहाव धारसंगै दुई देशबिचका सिमास्तम्भहरु छँदाछँदै पनि हज्जारौं हेक्टर जमिन भारतमा पर्नेगरी एकतर्फि रुपमा नयाँ सिमास्तम्भहरु गाडिएकाछन । इलामको पशुपतिनगरको पिल्लर नं ७१र२२ मा २,००० वर्ग मिटर दशगजाहा क्षेत्रमा अतिक्रमण गरिएको छ । त्यहाँ भञ्सार कार्यालय निर्माण गर्न थालिएको छ । भारतिय नागरिकले घर समेत निर्माण गर्न लागेका छन् । मानेभञ्ज्याङमा अतिक्रमण भएको छ । इलामको ३,६३६ मिटर उचाइको बसन्तपुर क्षेत्रमा ३२ किमी लामो सडक निर्माण गरि नेपाली भूमी अतिक्रमण गरिएको छ । इलामकै जौबारी, कालपोखरीबारीमा बिवाद खडा गरिदिएको छ । पाँचथर जिल्लाको च्याङथापू, टिम्मुरपोखरी क्षेत्रमा र चिवाभञ्ज्याङमा नेपाली भूमी मिचेर इमारत निर्माण गरिएको छ । ताप्लेजुङ जिल्लाको फालेलुङ क्षेत्रमा नेपाली भूमी मिचेर सिक्किमको वन संरक्षण गरिएको छ । त्यहाँ सिक्किमको गौचरण बनाइएको छ । त्यहाँ भारतिय सुरक्षा बलका कारण नेपालीहरु असुरक्षित भै धमाधम नेपालपट्टी सरिरहेका छन् । त्यहाँ ४ सय वटा फुसका टहरा र भारतिय कम्युनिष्ट पार्टी (माले) को पार्टी कार्यालय भवन समेत निर्माण गरिएको छ।

तराई तर्फ 
बाराको ३८०र३ देखि ३८०र२६ सम्म भारतले एकलौटी सर्भे नापी गरेर नयाँ नक्शा नेपालतिर नयाँ सिमास्तम्भहरु गाडेको छ । नेपालको शंक्रमणकालिन तरल राजनिति भएको समयमा सो मौका छोपी सैयौं बिगाहा जमिन भारतमा पारिएको छ।

रौतहट र पर्शा जिल्लाको बलरामपुर घोदासनको नेपाली भूमी अतिक्रमण भएको छ । यहाँ एकपटक भारतसंग बार्ता गरिएको भएता पनि समाधान हुन सकेन । रौतहटको जमुनाहा गाबिसको वार्ड नं ७ भारतियको नियंत्रणमा छ । सर्लाहिको त्रिभुवननगर गाविसका स्तम्भहरु,नं २५ र ३९ सम्म र संग्रामपुर गाबिसको हथौलासम्मको भू-भाग र स्तम्भहरु, नं २९ देखि ५१ सम्मका पुराना स्तम्भहरु गायव गरिएको छ । जिल्लाका १५ गाबिसका दशगजाहा अतिक्रमित भएका छन् । यहाँ भारतिय नागरिकहरुको बस्ती बसालिएको छ ।

सप्तरी जिल्लाको छिन्नमस्ता, रामपुर, मलहोनियाका, सुवर्णपट्टी, लालपट्टी, गोबिन्दपुर, कुनौली, बिष्णूपुर र गोबर्धन गाउँपालिकाका सिमाक्षेत्रमा ५० मिटर भन्दा बढी सिमा अतिक्रमण भएको पाइएको छ ।

सुनसरी जिल्लाको कटैया, पकलिय, भण्टाबारी, सिवगञ्ज, शाहेवगञ्ज सिमा क्षेत्रमा अतिक्रमण भएको छ । यहाँ ७०० बिगाहा जमिनभन्दा बढी जमिन भारतिय अतिक्रमणमा परेको छ ।

मोरङको लुना नदीसंगै १ किमी लामो भू-भागमा ७०० बिगाहा जमिन भारतिय अतिक्रमणमा परेको छ। मोरङकै, बरडंङ्गा, आमगाछी, महादेवा, कर्सिया, रंगेली, झुर्किया नदी किनाराका सिमास्तम्भहरु सारिएका छन् । त्यहाँ घर टहरा पनि निर्माण गरिएको पाइएको छ।
झापाको दक्षिणपूर्व पृथ्विनगर छेवैमा भारतियले घर बनाएका छन् । त्यहाँ अर्को एउटा दसगजाहा र फेरि तेश्रो दसगजाहा नेपालपट्टीको जमिनमा बनाइएको छ । भारतियको दबावमा नेपालीहरु पछि हट्नुले उनिहरुको हेपाहा प्रबृद्धि बढेसंगै भारतले त्यहाँ सिघिला पार्क निर्माण गरेपछि माथी कञ्चनजंङ्घा हिमाल तिर जाने १५ किमी लामो बाटो नेपालकै भूमी प्रयोग गरी पदमार्ग बनाइदिएपछि त्यहाँको ७,३१७ मिटरको उचाइमा रहेको काब्रु पहाडलाई पनि भारतले आफ्नो प्रयोगमा ल्याई यसरी नेपालको भू-भाग सर्बत्र अतिक्रमण भएको नेपालको एक नापी सर्वे तथ्याङ्कले जनाएको ब्यहोरा सर्वसाधारण सवैमा अवगत गराउँदै यसरी भारतिय पक्षबाट एकलौटी ढंगबाट हाम्रो नेपाली भूमी माथी भैरहेको अतिक्रमणलाई तत्काल बन्द गराई चाँडो भन्दा चाँडो हाम्रो हरण गरिएको भूमी निशर्त फिर्ता गरियोस भनी जोडदार आह्वान गरिएको छ ।

(स्रोत : विशाल नेपाल – हाम्रो अभियानको ‘सुगौली सन्धी खारेज गर्, नेपालको सबै भुभाग फिर्ता गर’ भन्ने फेसबुक पेज https://www.facebook.com/ourgreaternepal बाट )

 

वि.सं.२०७६ पुस १८ शुक्रवार १४:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कांग्रेसलाई लामिछानेको चुनौती–‘सहकारीबाट ऋण लिएको प्रमाणित गर्नुस् राजनीति छोडिदिन्छु’

कांग्रेसलाई लामिछानेको चुनौती–‘सहकारीबाट ऋण लिएको प्रमाणित गर्नुस् राजनीति छोडिदिन्छु’

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुले फारम भरेर...

शैक्षिक गुणस्तर सुधार्न पर्वतका पालिकाहरुले थाले अभियान

शैक्षिक गुणस्तर सुधार्न पर्वतका पालिकाहरुले थाले अभियान

पर्वत । पर्वतका सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको छ ।...

संसदीय छानबिन समिति नबनेसम्म सदन अगाडि बढ्न नदिने कांग्रेसको अडान कायमै

संसदीय छानबिन समिति नबनेसम्म सदन अगाडि बढ्न नदिने कांग्रेसको अडान कायमै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले...

अमेरिका र क्यानडा पठाइदिने भन्दै पाँच करोड ठगी गर्ने गिरोह पक्राउ

अमेरिका र क्यानडा पठाइदिने भन्दै पाँच करोड ठगी गर्ने गिरोह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट...

थाइल्यान्डमा अत्यधिक गर्मीले ६१ जनाको मृत्यु

थाइल्यान्डमा अत्यधिक गर्मीले ६१ जनाको मृत्यु

बैङ्कक । थाइल्यान्डमा यस वर्षको अहिलेसम्म अत्यधिक गर्मीले ६१ जनाको...

आगामी बजेटले अग्रगतिको अनुभूति दिनुपर्छ : सांसद भुसाल

आगामी बजेटले अग्रगतिको अनुभूति दिनुपर्छ : सांसद भुसाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) का सांसद...