back

जाँगर र सीप लगाउने हो भने पैसा कमाउन कही जानुपर्दैन

वि.सं.२०७६ माघ ३ शुक्रवार

102 

shares
NTC AD
Global IME AD

३ माघ, बेझाङ । काम र दामको खोजीमा पाल्पा रामपुर नगरपालिका–८ का युवा जगतबहादुर सेनले दुई वर्ष मलेसियामा व्यतीत गरे । ऊर्जाशील जीवनका केही सयम त्यतातिरै लगाए । पसिना बगाए । उनलाई सोचेअनुसारको काम र दाम नभएपछि विदेशको भूमिमा रही रहन मन लागेन । गाउँमा फर्किएर केही गरौँ भन्ने सपना देख्न थाले । उनी दुई वर्ष पूरा भएपछि जन्मस्थान फर्र्र्किए ।

उनले बाँझा रहेका बारीमा पाटामा बाख्रापालन गर्ने सोच बनाए । व्यवसाय शुरु गरे । उनले भने “गत वर्ष बाख्राको बिक्रीबाट एक वर्षमा रु पाँचलाख आम्दानी लिएँ ।” घरको गुजारा चलाउन धौधौ परेपछि स्नातक तहको पढाइ बिचमै छाडेर उनी वैदेशिक रोजगारमा होमिएका थिए । “विदेशको मोहले न त पढाइ न त हातमा दाम, समयको बर्बादी, गाउँमै बसेर पहिले नै बाख्रापालन गरेको भए मालामाल हुने रहेछ, अहिले सम्झदा पश्चाप लागेको छ”, उनले अनुभव सुनाउँदै भने ।

उनको फार्ममा ५० माऊ बाख्रासहित ७० वटा स्थानीय, बोयर क्रस जातका बाख्रा छन् । ५० रोपनी जग्गा भाँडामा लिएर घाँस खेतीको तयारी गरेका उनले भने “सयभन्दा बढी बाख्रा पाल्ने लक्ष्य लिएकी  छु ।” पशुसेवा कार्यालयले समय समयमा औषधोपचार, प्राविधिक सेवा प्रदान गरिराखेको छ । नगरपालिकाले युवा स्वरोजगार कार्यक्रममा छनोट गरी रु तीन लाख ऋण सहयोगसमेत गरेको छ ।

रामपुर नगरपालिका क्षेत्रमा बाख्रापालन व्यवसायमा युवाको ह्वात्तै आकर्षण बढेको पशुसेवा शाखा प्रमुख मोहन भट्टराई बताउँछन् । “विदेश गएर फर्केका युवाको बाख्रापालनमा आकर्षण बढ्दो छ, व्यवसायबाट राम्रै गरिरहेका छन्, कार्यालयले व्यवसायलाई व्यवस्थित बनाउन बेला बेलामा तालीम, आवश्यक प्राविधिक सहयोग गरिरहेको छ”, उनले भने ।

पछिल्लो समय रामपुर क्षेत्रमा व्यावसायिक रुपमा नै बाख्रापालन गर्ने युवाको सङ्ख्या बढ्दो । बाख्राको बजार मूल्य राम्रो भएपछि कृषक व्यवसायमा आकर्षित भएका हुन् । कृषकले घरघरमा थोरै भए पनि बाख्रा पालेर सामान्य घरखर्च चलाउने गरेका छन् ।

विशेष गरी गाउँका महिलाले घरमा दुई चार वटा माऊ बाख्रा पालेर कमाएको रकम छोराछोरीको पढाइ खर्च, घरखर्च र केही रकम कोशेलीका रुपमा राख्ने गरेका छन् ।

रामपुर नगरपालिकाले पनि यहीँको उत्पादनलाई प्रोत्साहन गर्न बाख्रापालन व्यवसायमा अनुदानलगायतका कार्यक्रम चलाइरहेको नगर प्रवक्ता हुमनाथ न्यौपाने जानकारी दिए । कृषकलाई व्यवसायमा दक्ष बनाउन विभिन्न सीप तथा ज्ञान दिने र व्यवसायबाट राम्रो कमाउने वातावरण नगरपालिकाले व्यवस्थापन गरिदिने उनले बताए ।

वि.सं.२०७६ माघ ३ शुक्रवार ०९:०१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चितुवाको आक्रमणबाट युवक घाइते

चितुवाको आक्रमणबाट युवक घाइते

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चितुवाको आक्रमणमा परी आज...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि

अर्घाखाँची । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१...

कतारी राजाको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

कतारी राजाको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

भैरहवा (रुपन्देही) । नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका...

मनग्ये उत्पादन हुने भएपछि चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

मनग्ये उत्पादन हुने भएपछि चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

घोराही (दाङ) । बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस...

तीन महिनादेखि ठप्प सामुदायिक वनको काम

तीन महिनादेखि ठप्प सामुदायिक वनको काम

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–३ बैजापुरस्थित बागेश्वरी सामुदायिक...

आगोले घरसहित अन्नपात र लत्ताकपडा खरानी बनाएपछि १६ परिवारको बिचल्ली

आगोले घरसहित अन्नपात र लत्ताकपडा खरानी बनाएपछि १६ परिवारको बिचल्ली

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ रातामाटाकी बसन्ता मल्ल आइतबार घरको...