back

यस्तो छ तपाईको आजको राशिफल, यी राशि हुनेहरुले विशेष ध्यान दिनुहोला

वि.सं.२०७६ माघ ११ शनिवार

144 

shares
RBB AD
NTC AD

११ माघ, काठमाण्डौं । आज शनिबार तपाईको राशिफल यसप्रकार रहेको छ । आज मिथुन, कन्या, धनु र कुभ्म राशि हुनेहरुले विशेष ध्यान दिनुपर्ने हुन्छ ।
मिथुन-अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । कन्या- अस्वस्थता तुला अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । धनु-वादविवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनुपर्ला, कुम्भ-प्रलोभन देखाउनेहरूले फसाउन सक्छन

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कीर्तिमानी काम गर्ने समय छ । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ होला । सहयोगीहरूले हिम्मत दिलाउनेछन् ।

बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अस्वस्थताले काममा जुट्न नसकिए पनि बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ । काममा श्रम परे पनि राम्रो मूल्य प्राप्त हुनेछ । तर आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । काममा दोहोर्याएर प्रयत्न गर्दा फल प्राप्त हुनेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह

शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । आफ्ना वस्तु तथा काममाथि अरूले नियन्त्रण गर्न सक्छन् । अध्ययनमा समय दिन नसकिएला । आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला । सामूहिक काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । आफ्ना कमजोरी बाहिर आउनाले समस्यामा परिएला ।
कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सुन्दर पहिरन र भौतिक साधन जुटाउने समय छ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यवसायबाट प्रशस्त आम्दानी भइरहनेछ । काममा साथीभाइको सहयोग मिल्नेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ । रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परिस्थिति सामान्य अनुकूलै रहे पनि अस्वस्थताले काममा बाधा पुग्न सक्छ । घर–व्यवहारले पनि अल्मल्याउन सक्छ । नयाँ काम थाल्न समय पर्खनुपर्ला । अध्ययनमा त्यति समय दिन नसकिएला । तापनि मिहिनेतले अवसर दिलाउनेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले आंशिक उपलब्धि हुनेछ। सन्तान वा अनुयायीको साथ, सहयोग प्राप्त हुनेछ

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । ढिलासुस्तीले हातमा आएको मौका समेत गुम्न सक्छ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । चौपाया तथा भूमिको माध्यमबाट लाभ उठाउन सकिनेछ । प्रक्रियाका लागि काम दोहोर्याउनुपरे पनि अन्ततस् सामान्य फाइदै हुनेछ ।

बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु

हिम्मतले काम बनाउन सकिनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । सहयोगीहरू जुट्नेछन् भने पहिले दुश्मनी गर्नेहरू पनि मित्र बन्नेछन् ।

धनु-ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । वादविवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनुपर्ला । अरूको वचन टाल्न नसक्दा दुस्ख पाइनेछ । तर मिहिनेत गर्दा पहिलेका कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ । महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ला । आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुहोला ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रयत्न गरेको काम छिटै पूरा हुनाले समय फुर्स्दिलो रहनेछ । इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी कार्य प्रारम्भ होला । साथ दिनेहरू बढ्नेछन् भने मान–सम्मान समेत पाइनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । सुन्दर पहिरनमा ठाँटिएर आफूलाई आकर्षित तुल्याउन सकिनेछ । नयाँ कामको नेतृत्व लिन सफल भइनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द

समयमा होस नपुग्नाले खर्च बढ्नेछ । ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ । तर खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला । परिवारजनबाट समेत टाढिनुपर्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । आफ्नै कमजोरीले विवाद निम्त्याउला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मनग्गे धन आर्जन हुनेछ र विभिन्न स्रोत-साधन जुट्नेछन् । आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ । श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल प्राप्त हुनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ ।

माघ ११ (जनवरी २५)

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

ज्योतिषशास्त्र अनुसार यी राशिको लागि शुभ रहनेछ आजको दिन

वि.सं.२०७६ माघ ११ शनिवार ०९:१६ मा प्रकाशित

NLIC AD
NABIL bank AD