back

कारागारका कैदीलाई सारियो पक्की भवनमा

वि.सं.२०७६ माघ १७ शुक्रवार

627 

shares

१७ माघ, दोलखा । भूकम्पले पूर्णरुपमा क्षति पु¥याइ कष्टकर दैनिकी बिताइरहेका दोलखा, चरीकोटमा रहेको कारागारका कैदीबन्दीलाई पुनःनिर्माणपश्चात् पक्की भवनमा सारिएको छ ।

दोलखाको सदरमुकाम चरीकोटमा रहेको देशकै चौथो कारागार भूकम्पका कारण क्षति पुगेको र कारागारको पुनःनिर्माण गरी कैदीबन्दीलाई नयाँ पक्की भवनमा सारिएको हो ।

दोलखाको पुरानो कारागारमा १७ जना कैदीबन्दी राख्नसक्ने क्षमता भएको कारागारमा हाल १०९ जना बस्न बाध्य भएका थिए । नयाँ बनेको भवनमा पनि ३४ जनाको क्षमता रहेको र सवै कैदी नअटाउने भएका कारण सबैलाई व्यवस्थापन गरी नयाँ भवनमा कैदी स्थानान्तरण गरिएको छ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक गजेन्द्रबहादुर श्रेष्ठले कैदीबन्दी स्थान्तरण कार्यक्रमालाई सम्बोधन गर्दै मासिक रु दुई हजारका दरले कैदी थपिने गरेको तर राख्ने ठाउँ नभएको गुनासो गरे । कार्यक्रममा महानिर्देशक श्रेष्ठले बन्दीलाई कारगारमा राख्ने मात्र नभई श्रम गर्न लगाउने कानून ल्याउन आवश्यक रहेको र बन्दीलाई उद्यमशीलतातर्फ उन्मुख गराई सुधारगृहका रुपमा स्थापित गराउनुपर्ने बताए ।

कारागारमा रहेका बन्दीले नाइके र सहनाइकेबाट आफूहरु ठगिएको तथा नयाँ भवन बनेर पनि स्थान्तरण नगरेको भन्दै केही महिनाअघि आन्दोलन गरेका थिए ।

वि.सं.२०७६ माघ १७ शुक्रवार १५:४२ मा प्रकाशित

Himalayan Life AD
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको...

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौँ । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन...

साँगा-धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु

साँगा-धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रे । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु...