back

डोल्पाको रोग प्रभावित क्षेत्रमा औषधिसहित चिकित्सक टोली

वि.सं.२०७६ फागुन २१ बुधवार

165 

shares
RBB AD
NTC AD

२१ फागुन, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ करेलीकाँडामा फैलिएको अज्ञात रोगको नमूना परीक्षणका लागि आवश्यक रगत, ¥याल, खकार, दिसापिसाबलगायतका नमूना सङ्कलनका लागि चिकित्सकसहितको टोली पुगेको छ ।

रोगले ग्रस्त नागरिकको नमूना सङ्कलनका लागि प्रदेश अस्पतालका डा इन्द्रबहादुर थापा र ल्याब टेक्निसियन कमलकुमार थापा सेनाको हेलिकोप्टरबाट भर्खरै प्रकोप क्षेत्रमा गुगेका हुन् । नमूना सङ्कलन गरेर परीक्षणका लागि काठमाडौँस्थित टेकु अस्पतालमा लैजाने बताइएको छ ।

त्यसैगरी प्रकोप क्षेत्रमै बसेर उपचार गर्ने गरी जिल्ला अस्पताल डोल्पाबाट डा मेलिना हमाल र एचए सारङ्गा रोकाय पनि हेलिकोप्टरबाट गएको जिल्ला अस्पताल डोल्पाका प्रमुख डा सिजन रावलले जानकारी दिए ।

हेलिकोप्टरले चिकित्सकमात्रै नभएर मास्क, पञ्जा, एन्टिभाइरललगायतका आवश्यक औषधिसमेत बोकेर लगेको रावलले बताए । प्रकोप क्षेत्रमा तीन दिनदेखि स्वास्थ्यचौकी त्रिपुराकोटमा कार्यरत सिनियर अहेव शेरबहादुर कठायत र अनमी लक्ष्मी न्यौपानेले बिरामीको उपचार गरिरहेका छन् ।

पैँतालीस घरधुरी भएको करेलीकाँडामा रोगका कारण घरैपिच्छे बिरामी भएको र अहिलेसम्म २० भन्दा धेरै बिरामीलाई उपचार गरिएको स्वास्थकर्मीको टोलीले बताएको छ । प्रभावित क्षेत्रका बिरामीमा रुघाखोकी, ज्वरो, झाडापखाला, बान्ता गर्ने, रिङ्गटा लाग्ने, शरीर दुख्नेजस्ता लक्षण देखिएको समेत स्वास्थकर्मीले बताएका छन् । डोल्पा क्षेत्र नं २ बाट निर्वाचित प्रदेशसभा सदस्यद्वय वीरबहादुर शाही र बद्मीकुमारी बोहोराले रोगका विषयमा कर्णाली प्रदेशसभामा सरकारको ध्यानाकर्षण गराएका थिए । रासस

वि.सं.२०७६ फागुन २१ बुधवार १०:१६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रदेश सरकारले आजै पूर्णता पाउँछ : मुख्यमन्त्री कँडेल

प्रदेश सरकारले आजै पूर्णता पाउँछ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै...

आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु

आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशमा विगत चारवर्षमा आगलागीबाट ५५ जनाको...

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत प्राप्त्...

सेताम्मे भए जुम्लाका स्याउ बगैँचा

सेताम्मे भए जुम्लाका स्याउ बगैँचा

जुम्ला । यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका...

हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक...

आज विश्वासको मत लिँदै मुख्यमन्त्री कँडेल

आज विश्वासको मत लिँदै मुख्यमन्त्री कँडेल

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत...