back

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

वि.सं.२०८१ वैशाख १३ बिहीवार

372 

shares
RBB AD
NTC AD

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत प्राप्त् गरेका छन् ।

विहीबार बसेको प्रदेश सभाबाट कंडेलले २३ मत प्राप्त गरेका हुन् । ४० सदस्यीय प्रदेश सभामा ३५ जना सांसद उपस्थित रहेकोमा कंडेलले २३ जनाबाट विश्वासको मत पाएका हुन् ।

कंडेलले मागेको विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र एकजना सांसद तठस्थ बसेका थिए ।

कूल ४० सदस्यीय सभामा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना र राष्ट्रिय प्रजातन्त्र पार्टी, एकिकृत समाजवादी र स्वतन्त्रका एक÷एक सांसद छन् । आजको सभामा विश्वासको मतदिने क्रममा राप्रपाका सांसद तटस्थ बसेका थिए ।

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता कँडेलले गत चैत २७ गते प्रदेश प्रमुख तिलक परियारबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएपनि उनले मन्त्रिपरिषद्लाई पूर्णता भने दिन सकेका थिएनन् ।

बिहीबार मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने विश्वास गरिएको छ ।

 

 

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बागमती प्रदेशभर भोली सार्वजनिक बिदा

बागमती प्रदेशभर भोली सार्वजनिक बिदा

मकवानपुर । बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा...

बुटवलको साढे तीन किलोमिटर सडक सातवर्षसम्म पनि नबनेपछि ठेक्का रद्द

बुटवलको साढे तीन किलोमिटर सडक सातवर्षसम्म पनि नबनेपछि ठेक्का रद्द

लुम्बिनी । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माण सात वर्षमा...

आगो लगाउनेलाई खोजी गरी कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

आगो लगाउनेलाई खोजी गरी कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको...

विदेशमा मृत्यु भएकाहरुको शव ल्याउन आयोगको आग्रह

विदेशमा मृत्यु भएकाहरुको शव ल्याउन आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले युद्धमा परी विदेशमा मृत्यु...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता सम्पन्न

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता सम्पन्न

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा...