back

रास्कोटको उदाहरणीय कार्य: दुःखका बेला यसरी सम्झियो देशभरी रहेका आफ्ना नागरिकलाई

वि.सं.२०७७ वैशाख ७ आइतवार

744 

shares

७ बैशाख, कालिकोट । कर्णाली प्रदेशको रास्कोट नगरपालिका कालिकोटले देशभरी रहेका आफ्ना नागरिकको लागि बलियो अभिभावकको भूमिका  निभाउने प्रयासमा लागेको छ ।

त्यसो त रास्कोट नगरपालिकाको विकास तथा कोही पनि बेरोजगार नबसुन् भनेर गतवर्ष २ हजार जनालाई तालिम दिएर देशैभरीमा पहिलो ‘श्रम बैक’ को स्थापना गरेर देशभरी उदाहरणीय बनेका नगरप्रमुख काशीचन्द्र बरालले लकडाउनका कारण देशका विभिन्न स्थानमा अलपत्र परेका आफ्ना नागरिकलाई उद्धार कार्यको थालनी सुरु गरेका छन् ।

नगरप्रमुख बरालले शनिबार एक सूचना जारी गर्दै देशका विभिन्न स्थानमा अलपत्र परेकाहरुका लागि उद्धारको व्यवस्थापन गर्नका लागि यस्तो कार्यको थालनी गरेका हुन् । ‘जो महानुभाव अलपत्र र जोखिममा हुनुहुन्छ उहाँहरुले आफ्नो हाल वसोवास गरेको ठेगाना, आफूसँग रहेका मानिसहरुको संख्या र सम्पर्क नम्बर सहित आफ्नो समस्याको स्थिति तपशिल बमोजिमको सम्पर्क नम्बरहरुमा जानकारी गराउनु हुन यो सूचना जारी गरिन्छ ।’ उक्त सूचनामा भनिएको छ ।

अलपत्र र समस्या परेकाहरुले नगरपालिकाले दिएको ९८४८५७२६२६ र ९८४८३०५८०९  नम्बरमा सम्पर्क गर्न सक्ने छन् ।

वि.सं.२०७७ वैशाख ७ आइतवार १६:२२ मा प्रकाशित

Himalayan Life AD
दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने

दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले...

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन्...

सहाराविहीन बालबालिकाको सहारा बन्दै रोङ गाउँपालिका

सहाराविहीन बालबालिकाको सहारा बन्दै रोङ गाउँपालिका

मङ्गलबारे (इलाम) । यहाँका कैयौँ अभिभावकविहीन बालबालिका सडकमा पुगेका छन्...

नेप्से परिसूचक ४२ अङ्कले घट्यो

नेप्से परिसूचक ४२ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट...

ठगीको अभियोगमा चार जना पक्राउ

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न...

स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बिमालाई...