back
CTIZAN AD

फर्कन्छु बाँचे घर

वि.सं.२०७७ वैशाख ७ आइतवार

885 

shares

 रचना : दिपकप्रसाद न्याैपाने [ वाचन : दिपा भट्टराई ]

कोरोना अति कष्टकारक भयो बढ्दै छ आगो भई
सारा विश्व विषाणुकै वश भयो बल्दै छ डढ्दै छ नि
एक्लो यो परदेशमा छु अहिले आधार को भेट्छु र ?
प्यारो राष्ट्रत्यहीँ छ आश्रय दिने, फर्कन्छु बाँचे घर ।१।

कालो काल कराल भीषण नयाँ आकारमा देखियो
बाँच्नै पो अब कष्ट भो, कति छिटो संसार ढाक्तै छ यो
ढोका बन्द भए म छु कहरमा खानु यहाँ के छ र ?
प्यारो बास त्यतै छ, जीवन दिने फर्कन्छु बाँचे घर ।२।

मेरा बान्धब, इष्टमित्रहरूको आधार मात्रै भए
मेरो स्वच्छ हिमालका सलिलका थोप्पाहरू बर्सिए
प्राणै धान्न म सक्छु, छैन तर क्यै आक्रान्तमा छु तर
प्यारा इष्ट र मित्र बान्धब त्यतै, फर्कन्छु बाँचे घर ।३।

भोका छौँ कति, रुग्ण छौँ र कति छौँ बेचैन सन्त्रासमा
फेर्दै छौँ कति सास अन्तिम यहाँ एक्लै निराधारमा
पानी मात्र भए पनि नजिकमा प्युँथेँ दिने को छ र ?
आमाबाबु उतै, उतै छ ममता फर्कन्छु बाँचे घर ।४।

मर्दै छौँ, तर ज्ञान, बुद्धि र कला संज्ञान मर्दैन कि
बाँच्ला मानवता डटी प्रकृतिमा विज्ञान हार्दैन कि
होला मृत्यु यहीँ, अकिञ्चन भईकस्को गरूँ खै भर ?
हे विज्ञान बना न औषधि छिटो फर्कन्छु बाँचे घर ।५।

साभार : निष्पक्ष खबर

 

फाइल तस्विर

वि.सं.२०७७ वैशाख ७ आइतवार १६:४१ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...