back
CTIZAN AD

रास्कोटको उदाहरणीय कार्य: दुःखका बेला यसरी सम्झियो देशभरी रहेका आफ्ना नागरिकलाई

वि.सं.२०७७ वैशाख ७ आइतवार

900 

shares

७ बैशाख, कालिकोट । कर्णाली प्रदेशको रास्कोट नगरपालिका कालिकोटले देशभरी रहेका आफ्ना नागरिकको लागि बलियो अभिभावकको भूमिका  निभाउने प्रयासमा लागेको छ ।

त्यसो त रास्कोट नगरपालिकाको विकास तथा कोही पनि बेरोजगार नबसुन् भनेर गतवर्ष २ हजार जनालाई तालिम दिएर देशैभरीमा पहिलो ‘श्रम बैक’ को स्थापना गरेर देशभरी उदाहरणीय बनेका नगरप्रमुख काशीचन्द्र बरालले लकडाउनका कारण देशका विभिन्न स्थानमा अलपत्र परेका आफ्ना नागरिकलाई उद्धार कार्यको थालनी सुरु गरेका छन् ।

नगरप्रमुख बरालले शनिबार एक सूचना जारी गर्दै देशका विभिन्न स्थानमा अलपत्र परेकाहरुका लागि उद्धारको व्यवस्थापन गर्नका लागि यस्तो कार्यको थालनी गरेका हुन् । ‘जो महानुभाव अलपत्र र जोखिममा हुनुहुन्छ उहाँहरुले आफ्नो हाल वसोवास गरेको ठेगाना, आफूसँग रहेका मानिसहरुको संख्या र सम्पर्क नम्बर सहित आफ्नो समस्याको स्थिति तपशिल बमोजिमको सम्पर्क नम्बरहरुमा जानकारी गराउनु हुन यो सूचना जारी गरिन्छ ।’ उक्त सूचनामा भनिएको छ ।

अलपत्र र समस्या परेकाहरुले नगरपालिकाले दिएको ९८४८५७२६२६ र ९८४८३०५८०९  नम्बरमा सम्पर्क गर्न सक्ने छन् ।

वि.सं.२०७७ वैशाख ७ आइतवार १६:२२ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...