back
CTIZAN AD

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

वि.सं.२०८३ जेठ ४ सोमवार

999 

shares

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म आकर्षित भएका छन् । सोमबार वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटा तथा डेरी व्यवसायी धुर्व तिवारी पत्रकारसहित गायक बालचन्द्र बराल, राधिका हमला सहितको टोलीले सामाखुसीस्थित क्युफेक्स सिटिस्क्वाएरमा पुगेर चलचित्र हेरेका हुन् ।

चलचित्र अवलोकनपछि पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले ‘गुरु आमा’ले शिक्षा क्षेत्रको यथार्थ, शिक्षकको संघर्ष र अभिभावकको जिम्मेवारीलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको प्रतिक्रिया दिए । उनले समाजमा शिक्षाको महत्वलाई भावनात्मक ढंगले उठान गरिएको भन्दै चलचित्रले सकारात्मक सन्देश दिएको समेत बताए ।

सापकोटाले चलचित्रले शिक्षाको महत्व, विद्यालयको भूमिका र समाज निर्माणमा गुरुको योगदानलाई यथार्थपरक शैलीमा प्रस्तुत गरेको सुनाए ।

नेपाली चलचित्र क्षेत्रमा प्रेमकथा, हास्य तथा एक्सनप्रधान फिल्महरू बढी निर्माण भइरहेका बेला विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकको यथार्थलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘गुरु आमा’लाई फरक विषयवस्तु बोकेको चलचित्रका रूपमा हेरिएको छ ।

शिक्षक, विद्यार्थी र अभिभावक समुदायबाट चलचित्रले विशेष साथ र समर्थन पाइरहेको निर्माण पक्षले जनाएको छ ।

निर्देशक प्रेम सोनी सुनारले समुदाय, विद्यालय र दर्शकको साथले चलचित्रलाई थप उचाइमा पुर्‍याएको बताए ।

चलचित्रमा मिथिला शर्मा, बुद्धि तामाङ, प्रेम सोनी सुनार, सुशील पोखरेल, धुर्व कोइराला, टिका सानु र सुस्मा थापा को मुख्य अभिनय रहेको छ । साथै पदम थापा, विश्वास नेपाल र उत्तम केसी को अभिनय रहेको चलचित्रमा गौरी मल्ल र पूजा शर्मा को विशेष उपस्थिति रहेको छ ।

 

वि.सं.२०८३ जेठ ४ सोमवार २१:३० मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...