back
CTIZAN AD

डा. राकेश शाह एनएमएमा निर्वाचित

वि.सं.२०८३ वैशाख २३ बुधवार

4.6K 

shares

 

काठमाडौँ । नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा डा. राकेश शाह अत्यधिक मतका साथ बिजयी भएका छन् । केन्द्रीय सदस्य तर्फ दोस्रो बढि मत ल्याई बिजयी भएका डा. शाहले २७८० मत प्राप्त गरेका हुन् ।

बंगलादेशबाट एमबिबिएस र एमडि  गरेका डा. शाहले विश्वव्यापी नेपाली विद्यार्थी संगठन (WNSO) बंगलादेशको संस्थापक अध्यक्ष हुँदै ढाकामा नेपाली विद्यार्थीहरुको अभिभावक भई सामाजिक काम गरेका थिए । भूकम्पमा राहत साथै स्वास्थ सामाग्री जुटाउन अहोरात्र मेहनत गरेका उनले कोरोनाको समयमा पनि उल्लेख्य सामाजिक उत्तरदायीत्व निर्वाह गरेका थिए । लामो समय ऐक्यबद्धता पत्रिकासँगको आवद्धतामा उनले नेपाली विद्यार्थीहरुको पक्षमा जागरणमूलक शन्देश सम्प्रेषण गरेका थिए । आन्द्रा तथा मलद्धार बिशेषज्ञका रुपमा स्थापित उनी पेशाले कोलोरेक्टल सर्जन हुन् ।

सङ्घमा डा बद्री रिजालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यकारणी समिति चयन भएको छ । मंगलबार सम्पन्न भएको मतगणनामा उनले नेतृत्वमा नयाँ कार्यकारणी समिति चयन गरिएको प्रमुख निर्वाचन अधिकृत डा प्रणयरत्न शाक्यले जानकारी दिए । डा रिजाल तीन हजार १९६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटत प्रतिद्वन्द्वी डा मङ्गल रावलले दुई हजार ९४० मत प्राप्त गरेका छन् ।

वरिष्ठ उपाध्यक्षमा डा सञ्जीव तिवारी र महासचिवमा डा विश्वराज दवाडी विजयी भएका छन् । यस्तै, उपाध्यक्षतर्फ कोशीबाट डा रोशन खड्का, मधेसबाट डा अमितरञ्जन मिश्र, बागमतीबाट डा सुवास भट्टराई, गण्डकीबाट डा यज्ञराज सिग्देल, लुम्बिनीबाट डा नन्दाकुमारी गुरुङ, कर्णालीबाट डा रविन खड्का र सुदूरपश्चिमबाट डा प्रमोद जोशी विजयी भएका छन् ।

कोषाध्यक्षमा डा संयुक्त आचार्य, सहसचिव डा हुलास अग्रवाल र सहकोषाध्यक्षमा डा तेजसुसिंह मल्ल विजयी भएका छन् । केन्द्रीय सदस्यहरुमा डा. अमित झा, डा. राकेश शाह, डा. पल्पसा श्रेष्ठ, डा. बिना श्रेष्ठ, डा. सुस्मित काफ्ले र डा. शेषराज घिमिरे बिजयी भएका छन् ।

सङ्घको उपत्यकाबाहिर वैशाख ४ र ५ गते तथा उपत्यकामा वैशाख १८ र १९ गते निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनमा कुल १६ हजार एक सय मतमध्ये सात हजार १०२ मत खसेको थियो ।

 

वि.सं.२०८३ वैशाख २३ बुधवार ०८:४१ मा प्रकाशित

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...