back
CTIZAN AD

नेपालमा हालसम्म साढे २९ हजारमा कोरोना परीक्षण, ३१ जना संक्रमित, आइसोलेसनमा १०३ र रेडजोनमा २६० जना

वि.सं.२०७७ वैशाख ७ आइतवार

828 

shares

७ बैशाख, काठमाण्डौं । नेपालमा हालसम्म २९ हजारमा कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ ।

जसमा पिसीआर प्रविधिबाट ८ हजार ८१ र र्यापिड डाइग्नोस्टीकबाट २१ हजार ४ सय ८६ जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । (गत २४ घण्टामा २ हजार १६८ जनामा परीक्षण गरिएको हो ।)
त्यस्तै सबै प्रदेशमा थप परीक्षणका लागि किटहरु पठाइएको र ७७ वटै जिल्लामा र्यापिड टेष्ट सरु भइसकेको छ ।

हालसम्म देशभरीका विभिन्न क्वारेन्टाइनमा ५ हजार १८० जना रहेका छन् । यो संख्या दिनप्रतिदिन घटिरहेको छ । उनीहरुमा विभिन्न विधिबाट गरिएका परीक्षणमा भाइरस नेगेटिभ देखिएपछि घरमा थप क्वारेन्टाइनमा बस्न पठाइएको छ ।

कोरोना संक्रमणबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा यसरी खुसी व्यक्त गरेका थिए यी दुईले

त्यसैगरी हालसम्म आइसोलेनमा १०३ जना रहेका छन् । उनीहरुमा उपत्यकामा ५ जना र उपत्यका बाहिर ९८ जना रहेका छन् ।
त्यस्तै रेडजोनमा (जो व्यक्ति संभावित संक्रमित हुन सक्छन् । उनीहरुलाई ज्वरो, खोकी तथा बाहिरको यात्राबाट आएका) २६० जना रहेका छन् । (गत २४ घण्टामा ६ जन थपिएका हुन् ।

त्यस्तै शनिबार कोभिड १९ संक्रमणबाट मुक्त भएका काठमाण्डौंकी युवती र वाग्लुङका वृद्धा शनिबार र आइतबार एकजनासहित तीनजना अस्पतालबाट डिस्चार्ज भएका छन् । आज सेती अन्चल प्रादेशिक अस्पतालबाट २१ वर्षे युवा पनि अस्पतालबाट डिस्चार्ज हुँदैछन् । साथै भेरी अन्चल अस्पतालमा पनि आजदेखि पिसीआर परीक्षण सुरु भएको छ । त्यहाँ आठ वटा केस रन भएको मन्त्रालयले जानकारी दिएको छ । यो संगै देशभरीका विभिन्न १५ वटा प्रयोगशालाबाट कोभिड १९ को पिसीआर टेष्ट सुरु भएको छ ।

७७ वटै जिल्लामा र्यापिड टेष्ट सुरु, अहिलेसम्म साढे १९ हजारको परीक्षण, रेडजोनमा ११७ जना

उदयपुरको केसको इन्भेष्टिगेशन तथा कन्ट्रयाक ट्रेसिङको काम भइरहेको छ । जसमा आइतबार गएको टोलीले ६९ जना संकास्पदको आरटि पिसीआर परीक्षण नमुना लिइसकेको र आज सीसीएमसीमार्फत नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर नमुना संकलनका लागि टोली गइसकेको छ । त्यहाँ २५० भन्दा बढी नमुना लिइने बताइएको छ ।

त्यसैगरी शनिबार संक्रमित भेटिएका उदयपुरका ६५ वर्षीय पुरुषमा पिसीआर पोजेटिभ देखिएको हो ।

संक्रमण देखिएका कूल ३१ मध्ये ४ जना निको भएर घर फर्किएको र अन्य २७ जनाको विभिन्न अस्प्तालमा उपचार भइरहेको छ । जसमा टेकुमा १, पाटनमा २, बाग्लुङमा १, धनगढीमा ४, वीरगन्जमा ४, भरतपुरमा २ र विराटनगरमा १३ जनाको उपचार भइरहेको र सवैको स्वास्थ्य स्थिति सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

वि.सं.२०७७ वैशाख ७ आइतवार १७:०७ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...