back
CTIZAN AD

७७ वटै जिल्लामा र्यापिड टेष्ट सुरु, अहिलेसम्म साढे १९ हजारको परीक्षण, रेडजोनमा ११७ जना

वि.सं.२०७७ वैशाख ६ शनिवार

765 

shares

६ बैशाख, काठमाण्डौं । नेपालका ७७ वटै जिल्लामा (र्यापिड डाइग्नोस्टिक टेष्ट) सुरु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसबीचमा अहिलेसम्म १९ हजार ४५४ जनामा र्यापिड टेष्ट गरिएको छ । (पछिल्लो २४ घण्टामा २ हजार ८८९ जनाको परीक्षण गरिएको हो) जसमा केही पोजेटिभ देखिएपनि उनीहरुको पिसीआर प्रविधिबाट जाँच भइरहेको पनि जानकारी दिइएको छ ।

त्यस्तै हालसम्म आइसोलेसनमा सम्भावित र संक्रमीत गरेर १ सय १७ जना रहेका छन् । उनीहरुमध्ये उपत्यकामा ५ जना र उपत्यका बाहिर १ सय १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । रेडजोनमा २ सय ५४ जना रहेका छन् भने क्वारेन्टाइनमा ४ हजार ५३६ जना रहेका छन् ।

त्यस्तै हालसम्म ३० जना संक्रमितमा २ जना निको भइसकेको र अन्य २८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

जसमा टेकुमा १, पाटनमा २, बाग्लुङमा २, धनगढीमा ५, वीरगन्जमा ४, भरतपुरमा २ र विराटनगरमा १२ जनाको उपचार भइरहेको । उनीहरु सबैको स्वास्थ्य स्थिति सामान्य रहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी लकडाउनका कारण बालबालिका तथा किशोर किशोरीहरुले समस्या भोगिरहेको अवस्थामा अभिभावकले उनीहरुका लागि सहज वातावरण बनाइदिन मन्त्रालयले अनुरोध गरेको छ ।

उनीहरुलाई घरमै रमाइलो वातावरणको निर्माण, घरभित्रै खेल्न सकिने खेलको व्यस्थापन, शारीरिक तथा बौद्धिक क्षमताको विकासमा ध्यानदिनुपर्ने तथा टिवीमा डरलाग्दा कुरा हेर्न नदिने, घरायसी क्रियकलापमा संलग्न गराउने लगायतका सहज वातावरण निर्माण गरिदिन पनि अनुरोध गरिएको छ ।

वि.सं.२०७७ वैशाख ६ शनिवार १६:५७ मा प्रकाशित

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...