back
CTIZAN AD

जापानमा रहेका अधिकारीले गरे एनआरएनए राहतकोषमा ७ लाख सहयोग

वि.सं.२०७७ वैशाख ६ शनिवार

720 

shares

६ बैशाख, काठमाण्डौं । जापानमा सफल व्यवसायीको रुपमा परिचित केशव अधिकारीले एनअरएनएद्धारा स्थापित कोरोना कोभिड १९ राहतकोषमा एक्लैले ७ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । उनी उक्त कोषमा सबैभन्दा ठूला रकम सहयोग गर्ने पहिलो व्यक्ति रहेको बताइएको छ ।

कोरोना भाइरस (कोभिड-१९) को महामारीले चपेटामा परेका विदेशमा रहेका नेपालीको सहयोग गर्न एनआरएनएले संचालन गरेको कोषमा अधिकारीले उक्त रकम जम्मा गरेको बताइएको छ ।

झण्डै २५ बर्षदेखी जापानको टोकियोमा बस्दै आइरहेका घादिङका समाजसेबी तथा व्यवसायी चौतारो कर्पोरेशन जापानका प्रमुख केशब अधिकारीले एनआरएनएको उक्त अभियानका लागि नेपाली ७ लाख सहयोग गरेर सबैका लागि उदाहरणीय बनेका छन् ।

एनआरएनए आइसीसीका कोषाध्यक्ष महेश श्रेष्ठले अधिकारीले एनआरएनए कोषमा उक्त रकम सहयोग गरेको जानकारी दिँदै संघका अध्यक्ष पन्तले कोरोना पिडित र नेपाल फर्किन चाहने नेपालीहरुका आर्थिक रुपमा सहयोग गर्न अपील गरेको बताएका छन् ।

उक्त कोषमा हालसम्म २ करोड ३० लाखभन्दा बढ़ी रकम संकलन भएको अभियानका संयोजक तथा संघका कोषाध्यक्ष समेत रहेका श्रेष्ठले जानकारी दिएका छन् ।

वि.सं.२०७७ वैशाख ६ शनिवार १७:२७ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...