back
CTIZAN AD

प्रवासी नेपाली एकता मन्च कतारका अध्यक्षद्धारा खाडी देशका नेपालीबारे चासो

वि.सं.२०७७ वैशाख ६ शनिवार

810 

shares

६ बैशाख, काठमाण्डौं । प्रवासी नेपाली एकता मन्च कतारले खाडी राष्ट्रका विभिन्न देशमा फैलिएको कोरोना संक्रमण तथा त्यसले प्रभावित नेपाली कामदारको बारेमा चासो राखेको छ ।

मन्चका अध्यक्ष चानक पोखरेलले शनिबार विभिन्न देशमा रहेका राजदूतहरुसँग नेपाली कामदारका बारेमा जानकारी लिएको संसारन्युजलाई जानकारी दिएका छन् ।

अध्यक्ष पोखरेलले पछिल्लो अवस्थाका बारेमा मध्यपूर्बका देशहरु मध्ये कतार, दुबई, साउदी र ओमनका राजदूतहरुसँग आफूले टेलिफोनमार्फत् त्यहाँका नेपालीका बारेमा चासो राखेको उनले बताएका छन् ।

‘सम्बन्धीत देशहरुमा पछिल्लो समयमा देखिएको महामारीका क्रममा के कति नेपालीहरु संक्रमणको अवस्थामा रहेका छन् भन्ने बिषयमा कुराकानी गरिएको हो,’ उनले भने, ‘राजदुतहरुले दुबै देशको कानुन पालना गर्नुपर्ने भएकाले सम्बन्धित देशले टोटल संक्रमितहरुको संख्या सार्बजनिक गरेपनि कुन देशको कति जना भन्ने जानकारी आधिकारिक रुपमा सार्बजनिक नभएका कारण संक्रमित नेपालीको संख्या यकिन गर्न नसकिएको केही देशका राजदूतहरुले बताउनु भयो । ’

यस विषम परिस्थितिलाई त्रसित नभइकन मनोबल उच्च बनाएर सतर्कता अपनाउनु पर्नेमा राजदूतहरुले जोड दिएको तथा कोरोनाका कारण मृत्युुबरण गरेका केही नेपालीको शबलाई कसरी नेपाल पठाउने भन्ने बिषयमा साझा अबधारणा बन्दै गरेको समेत बताएको पोखरेलले बताए ।

वि.सं.२०७७ वैशाख ६ शनिवार १७:५० मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...