back
CTIZAN AD

मुस्लिम समुदायले कोरोना नेपाल भित्राएको निराधार आरोप लगाइएको भन्दै साउदीबाट यासमीन बेगमको आपत्ति

वि.सं.२०७७ वैशाख ६ शनिवार

1.5K 

shares

६ बैशाख, काठमाण्डौं । नेपालमा मुस्लिम समुदायले कोरोना भाइरस भित्राएको निराधार आरोप लगाइएको भन्दै साउदीमा रहेकी यास्मीन सैयद वेगमले आपत्ति जनाएकी छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनए गल्फकी पूर्व महिला संयोजक तथा हालकी केन्द्रीय सदस्य बेगमले यस्तो निराधार आरोप लगाई सिंगो समुदायलाई आधारहीन अबैज्ञानिक तर्क दिदै सामाजिक संजाल र मीडियाहरू मार्फत् भ्रामक अफवाह फैलाऊन बन्द गर्न आग्रह समेत गरेकी छन् ।

‘कोरोना महामारीको प्रकोपमा परेका कोरोना संक्रमितहरू जो पश्चिम नाकाबाट भित्रीए ऊनीहरूलाई संख्याको आधारमा गणना गरिनु र पूर्व नाकाबाट भेटीएका कोरोना संक्रमितलाई जातीको आधारमा (जमाती, मुस्लिम समुदाय ) जस्ता उपनाम दिएर गणना गर्नू आफÞैमा हास्यास्पद मात्र नभई शंकास्पद पनि देखिन्छ ।’ सामाजिक संजालमा उनले भनेकी छन् ।

बेगमले भनेकी छन्
‘हाम्रो देश नेपालको इतिहास हेर्ने हो भने विभिन्न समयमा विभिन्न भाषा, धर्म र संस्कृतिको नाममा यदाकदा झै–झगड़ा आरोप प्रत्यारोप तथा बादविवाद भईरहेको पाईएतापनी इतिहास देखी हालसम्मको कुनै पनि कालखंड़मा हिन्दू–मुस्लिम भनेर जातिगत मतभेद वा देशव्यापी हिंसा भएको पाईदैंन ।
कोरोना महामारीको प्रकोपमा परेका कोरोना संक्रमित हरू जो पश्चिम नाकाबाट भित्रीए ऊनीहरूलाई संख्याको आधारमा गणना गरिनु र पूर्व नाकाबाट भेटीएका कोरोना संक्रमितलाई जातीको आधारमा (जमाती, मुस्लिम समुदाय ) जस्ता उपनाम दिएर गणना गर्नू आफÞैमा हास्यास्पद मात्र नभई शंकास्पद पनि देखिन्छ ।
यसरी जातिय विभेद उत्पन्न गराई शान्त देश नेपालमा अशान्ति फैलाई धार्मिक सहिष्णुतालाई बिथोलि धर्मको नाममा दंगा उत्पन्न गर्न, छिमेकी राष्ट्र भारतको कूटनीतिक चाल,राजनीतिक पक्ष, केहि मीडिया र ब्यक्तिविशेषको एकगुट सामूहिक रूपमा नै परिचालित भएको मैले महसूस गरेको छु ।
२१ औ शताब्दीको बैज्ञानिक युगमा प्रवेश गरिसकेका हामी नेपालीहरू अल्पज्ञानका कारण बिश्वव्यापी महामारीको प्रकोप को रूपमा फैलिएको कोरोना भाईरस मुस्लिम समुदायले नेपाल भित्राएको निराधार आरोप लगाई सिंगो समुदायलाई आधारहीन अबैज्ञानिक तर्क दिदै सामाजिक संजाल र मीडियाहरू मार्फत्  भ्रामक अफÞवाह फैलाऊन बंद गरियोस् ….
यस विषम परिस्थितिमा आफू सचेत बनी सुरक्षित रहदैं आपत तथा बिपतमा परेका देश तथा विदेशमा रहेका नेपालीहरूको निमित्त सहयोगी हाथ बढ़ाउ शिक्षित र सभ्य नेपालीको परिचय दिउ । सम्पूर्णमा सकारात्मक सोचको अपेक्षा सहित । ‘
यासमिन बेगम सैयद
हाल–साउदी अरब

वि.सं.२०७७ वैशाख ६ शनिवार १८:०७ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...