back
CTIZAN AD

नेपाल तथा भारतका आस्थाका बन्दीहरूको रिहाइका लागि संयुक्त सार्वजनिक अपिल

वि.सं.२०७७ वैशाख ७ आइतवार

882 

shares

नेपाल तथा भारतका आस्थाका बन्दीहरूको रिहाइका लागि नेपाली लेखक, प्राध्यापक तथा सांस्कृतिक कर्मीहरूले सार्वजनिक अपिल गरेका छन् ।

विश्व कोरोना महामारीका विरुद्ध जुधिरहेको र झण्डै विश्वयुद्धजस्तै मानवीय विनाश निम्त्याइरहेको यो बेला पनि वर्तमान सरकारले परिवर्तनकामी अभियन्ताहरुलाई अपराधी घोषित गर्दै जेलमा राखिएकोप्रति आक्रोश व्यक्त गरिएको छ ।

६१ लेखकहरुले संयुक्त रुपमा अपिल जारी गर्दै अन्यायपूर्ण ढङ्गले बन्दी बनाइएका आस्थाका बन्दीहरूको बिनासर्त रिहाइको माग गरेका छन् ।

अपिलमा भनिएको छ ‘जीवनरक्षाप्रति संवेदनशील हुँदै नेपाली सांस्कृतिक कर्मी माइला लामा लगायतका नेपाली राजबन्दीहरू तथा भारतीय जेलामा रहेका वरवर राव, आनन्द तेलतुम्डे, गौतम नवलखा, जी. एन. साइबाबा लगायतका लेखक तथा सामाजिक अभियन्ताहरूको बिनासर्त रिहाइको माग गर्दछौँ ।’

साथै साम्राज्यवादविरोधी आन्दोलनप्रति ऐक्यबद्धता पनि प्रकट गर्नुका साथै कवि वरवर राव लगायत भारतीय लेखकहरूको रिहाइका लागि भारतका लेखकहरूले राज्यलाई दाबाब दिनका लागि सञ्चालन गरिरहेको अभियानप्रति पनि ऐक्यबद्धता प्रकट पनि गरिएको छ

यस्तो छ संयुक्त अपिल

नेपाल तथा भारतका आस्थाका बन्दीहरूको रिहाइका लागि सार्वजनिक अपिल

 

संसार यतिबेला कोरोना महामारीका विरुद्ध जुधिरहेको छ । प्रकृतिको यस प्रतिकूलताले झन्डै विश्वयुद्धजस्तै मानवीय विनाश निम्त्याइरहेको छ र मान्छे निरुपाय त्रासदी भोग्न विवश छ । यतिबेला विश्वसमुदाय यो महामारी र यसले सिर्जना गरेको त्रासदीको पीडा त भोगिरहेको छ नै, पुँजीवाद तथा साम्राज्यवादका संवेदनाहीन मानवद्वेषी चरित्र र व्यवहारले विशेषतः श्रमजीवी तथा विपन्न जनतामाथि कोरोनाजस्तै थप पीडा पुर्याइरहेको छ र मान्छे रोगसँगै भोकको पीडाले मर्ने स्थिति सिर्जना भएको छ ।

विश्वपुँजीवाद कति मानवद्वेषी छ भन्ने कुरा केही दिनअघि मात्र साम्राज्यवादविरुद्ध लडिरहेका टर्कीका क्रान्तिकारी सांस्कृतिक कर्मीहरूकी एक सदस्य हेलिना बोलेकले २८८ दिनको भोकहडतालका क्रममा ज्यान गुमाउनुपर्ने अवस्थाले सङ्केत गर्दछ । पुँजीवादका विरुद्ध विचार राख्नु र क्रान्ति रोज्नु जनताको नैसर्गिक अधिकार हो तर पुँजीवाद त्यसलाई आतङ्क देख्छ र काला कानुनहरुको प्रयोग गरेर तथा झुठा मुद्दाहरू लगाएर परिवर्तनकामी अभियन्ताहरू, सांस्कृतिक कर्मीहरू एवं राजनीतिक कर्मीहरूलाई अपराधी घोषित गर्छ र जेलमा बन्दी बनाउँछ । आज नेपालको कम्युनिस्ट नामधारी राज्यसत्ताले पनि त्यसरी नै गणतन्त्रका योद्धा वरिष्ठ सांस्कृतिक कर्मी माइला लामालगायत थुप्रैलाई झुट्ठा मुद्दा लगाई जेलमा बन्दी बनाएको छ । यसै गरी भारतीय राज्यसत्ताले पनि झुठा मुद्दामा ८० वर्षीय वरिष्ठ मार्क्सवादी कवि तथा सांस्कृतिक कर्मी वरवर रावका साथै न्याय र परिवर्तनका पक्षमा निर्भिकतापूर्वक कलम चलाउने लेखक तथा सामाजिक अभियन्ता गौतम नवलखा, प्राध्यापक आनन्द तेलतुम्डे तथा शारीरिक रूपले ९० प्रतिशत अपाङ्ग प्राध्यापक जि. एन साइबाबा लगायतका लेखक, पत्रकारहरूलाई बन्दी बनाएको छ र निर्मम तथा कठोर व्यवहार गरिरहेको छ ।

कोरोनाको महामारीले विश्वमानव र मानवीयता गम्भीर सङ्कटमा परेको यसबेला न्याय र परिवर्तनका लागि कलम चलाउने र आवाज उठाउने आस्थाका बन्दी बनाइएका यी लेखक, कवि, पत्रकार, प्राध्यापक तथा सांस्कृतिक कर्मीहरूको जीवन जोखिममा छ र उहाँहरुको जीवनरक्षाका लागि चौतर्फी आवाज उठाउनु तथा सम्बद्ध राज्यहरूलाई दबाब दिनु अत्यावश्यक भएको छ । यस सङ्गीन घडीमा हामी तपसिलका लेखक, प्राध्यापक तथा सांस्कृतिक कर्मीहरू अन्यायपूर्ण ढङ्गले बन्दी बनाइएका आस्थाका बन्दीहरूको जीवनरक्षाप्रति संवेदनशील हुँदै नेपाली सांस्कृतिक कर्मी माइला लामा लगायतका नेपाली राजबन्दीहरू तथा भारतीय जेलामा रहेका वरवर राव, आनन्द तेलतुम्डे, गौतम नवलखा, जी. एन. साइबाबा लगायतका लेखक तथा सामाजिक अभियन्ताहरूको बिनासर्त रिहाइको माग गर्दछौँ ।

यसै गरी हामी टर्कीकी सांस्कृतिक सहिद हेलिना बोलेकप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै उहाँहरूको साम्राज्यवादविरोधी आन्दोलनप्रति ऐक्यबद्धता पनि प्रकट गर्दछौं । साथै कवि वरवर राव लगायत भारतीय लेखकहरूको रिहाइका लागि भारतका लेखकहरूले राज्यलाई दाबाब दिनका लागि सञ्चालन गरिरहेको अभियानप्रति पनि ऐक्यबद्धता प्रकट गर्दछौं ।

 

१. निनु चापागाईं

२. प्रा. डा. जगदीश चन्द्र भण्डारी

३. रोशन जनकपुरी

४. प्रा.डा. ताराकान्त पाण्डेय

५. आहुति

६. मित्रलाल पंज्ञानी

७. इस्माली

८. प्रा. डा. नन्दीश अधिकारी

९. हीरामणि दुःखी

१०. खेम थपलिया

११. प्रा. डा. कृष्ण बेलबासे

१२. प्रा. डा. कर्णबहादुर थापा

१३. कुमार थापा

१४. प्रा. श्रीधर अधिकारी

१५. डा. रामप्रसाद ज्ञवाली

१६. लोकराज रेग्मी

१७. तक्मा के. सी.

१८. मोदनाथ मरहट्टा

१९. विष्णु भण्डारी

२०. बलराम तिमिल्सिना

२१. सङ्गीत स्रोता

२२. विनोदविक्रम के. सी.

२३. राजु स्याङ्तान

२४. नवीन विभास

२५. डा. कृष्णराज अधिकारी

२६. डा. सुकुम शर्मा

२७. परशुराम कोइराला

२८. नुमराज बराल

२९. पोषराज पौडेल

३०. भीम रानाभाट

३१. सीता शर्मा

३२. गौरी दाहाल

३३. शोभा दुलाल

३४. राजेश बान्तवा

३५. डा. विदुर वस्ती

३६. प्रभात सापकोटा

३७. पूर्णबहादुर अधिकारी

३८. छायादत्त न्यौपाने

३९. देवेन्द्र लम्साल

४०. रविकिरण निर्जीव

४१. ईश्वरी ओझा

४२. अनिल श्रेष्ठ

४३. हुकुमबहादुर सिंह

४४. उमेश आचार्य

४५. कल्पना चिलुवाल

४६. कृष्णहरि भट्ट

४७. चन्द्रा थानी

४८. पञ्चकुमारी परियार

४९. विष्णु न्यौपाने

५०. वसन्त बोगटी

५१. असल पाख्रिन

५२. जय दाहाल

५३. इन्द्र राउत

५४. सुनिता बुढाथोकी

५५. चित्रनारायण थारू

५६. नारायण परिश्रमी

५७. बन्दना ढकाल

५८. शीला योगी

५९. खगेश्वर भण्डारी

६०. प्रकाश खनाल

६१. कमल निओल

 

 

वि.सं.२०७७ वैशाख ७ आइतवार १७:२२ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...