back
CTIZAN AD

नागरिकताको माग गर्नुको औचित्य छैन – देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल

वि.सं.२०७७ वैशाख ७ आइतवार

747 

shares

७ वैशाख, काठमाडौँ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले राहत सामग्री आवश्यकता पर्ने सबैलाई उपलव्ध गराउनु पर्ने यतिखेरको अवस्थामा नागरिकताको माग गर्नुको औचित्य नरहेको जनाएको छ ।

राहत वितरण सहज र सुलभ बनाउन आग्रह गर्दै निकालिएको प्रेस वक्तव्यमा सामग्री वितरण गर्ने सन्दर्भमा नागरिकताको माग गर्ने र सो नहुनेहरुलाई राहत सामग्री नदिने नियम बनाउँदा यसबाट धेरै नेपाल राहत पाउनबाट वञ्चित भएको थाहा लागेको जनाइएको छ ।

मोर्चाका अध्यक्ष सी पी गजुरेलद्वारा जारी वक्तव्यमा भनिएको छ ‘राहत सामग्री आवश्यकता पर्ने सबैलाई उपलव्ध गराउनु पर्ने यतिखेरको अवस्थामा नागरिकताको माग गर्नुको औचित्य छैन । त्यसकारण, यसलाई शर्त नबनाइकन सहज रुपमा आवश्यकता पर्ने सबैलाई राहत उपलव्ध गराउन हामी सम्वन्धित सबै निकायहरु संग जोडदार माग गर्दछौं ।’

मोर्चाले आफ्ना कार्यकर्ताहरुलाई लकडाउन्को नियम पालना गर्दै बिना भेदभाव आवश्यक सबैलाई राहत उपलव्ध गराउने काममा जुट्नसमेत आग्रह गरिएको छ ।

यस्तो छ देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको प्रेस वक्तव्य :

२०७७ । १ । ७
प्रेस–वक्तव्य

राहत वितरण सहज र सुलभ बनाउँ !
कोभिड १९ का सन्दर्भमा सरकारव्दारा लगाइएको लक् डाउन (बन्दा बन्दी)का दौरानमा खाद्य सामग्रीको अभावमा खासगरी तल्लो वर्गका जनताको जीवन जोखिममा पर्ने खतरा भएको सर्व विदितै छ । सामग्री वितरण गर्ने सन्दर्भमा नागरिकताको माग गर्ने र सो नहुनेहरुलाई राहत सामग्री नदिने नियम बनाएर यसबाट धेरैलाई वञ्चित गर्ने गरिएको थाहा भएको छ । राहत सामग्री आवश्यकता पर्ने सबैलाई उपलव्ध गराउनु पर्ने यतिखेरको अवस्थामा नागरिकताको माग गर्नुको औचित्य छैन । त्यसकारण, यसलाई शर्त नबनाइकन सहज रुपमा आवश्यकता पर्ने सबैलाई राहत उपलव्ध गराउन हामी सम्वन्धित सबै निकायहरु संग जोडदार माग गर्दछौं ।

लक् डाउन्को नियम पालना गर्दै बिना भेदभाव आवश्यक सबैलाई राहत उपलव्ध गराउने काममा सहयोग गरी हाम्रो तर्फबाट सकृय भूमिका निर्वाह गर्नका लागि देशभक्त जनगणतान्त्रिक मोर्चाका सबै तहका कमरेडहरुलाई विशेष आह्वान गरिएको छ ।

सी पी गजुरेल
अध्यक्ष

 

वि.सं.२०७७ वैशाख ७ आइतवार १७:४२ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...