back
CTIZAN AD

कोरोना संक्रमणबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा यसरी खुसी व्यक्त गरेका थिए यी दुईले

वि.सं.२०७७ वैशाख ७ आइतवार

792 

shares

७ बैशाख, काठमाण्डौं । कोरोना संक्रमणको उपचार गराइरहेका बाग्लुङकी ६५ वर्षीया महिला र काठमाण्डौंकी १९ वर्षीया युवतीले कोरोनालाई आफूले जित्न सफल भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

गत चैत ४ गते फ्रान्सबाट कतारको दोहामा ट्रान्जिट हुँदै नेपाल आएकी थिइन् बाग्लुङकी ६५ वर्षीया महिला । उनलाई चैत २० गते कोरोना संक्रमण भएको पृष्टि भएको थियो । ६५ वर्षीया ती बृद्धाले शनिबार बेलुका धौलागिरी अस्पताल बाग्लुङबाट डिस्चार्ज हुँदै गर्दा कोरोनालाई जित्नका लागि गरिएको प्रयास सबैलाई बताएर उदाहरणीय समेत बनेकी छन् ।

डिस्चार्ज हुने क्रममा संचारकर्मीहरुसँग कुरा गर्दै आफूले कोरोनालाई जित्छु भन्ने अठोट मनमा लिएको, त्यसका लागि दैनिक ५ लिटरभन्दा बढी तातो पानी पिएको, दालभात, तरकारी दूध लगायतका खानेकुरा खाएको बताएकी छन् ।

नेपालमा छैटौ कोरोना संक्रमितको रुपमा रहेकी उनले अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि धन्यवाद दिएकी छन् । ‘गर्न सक्ने सेवा गर्नु भयो, हाम्रै आफ्नै अस्पतालमा बसियो, सवैले सेवा पुर्याउनु भयो म सबैलाई धन्यवाद दिन्छु । ’ उनले डिस्चार्ज हुँदै गर्दा भनेकी थिइन् ।

उच्च रक्तचाप र दमको समेत विरामी रहेकी उनले कोरोनालाई जित्न गरेको अदम्य साहस र उदाहरणले नेपालमा कोरोनाको भयावह भइहाले पनि यसलाई सजिलै परास्त गर्न सकिन्छ भन्ने सबैका सामु उदाहरणीय बनेकी छन् उनी । प्रेस र दमकी दिर्घ रोगी उनले कोरोनालाई जित्न गरिएको प्रयास र साहस सुनाइरहँदा अन्य अस्पतलामा कोरोना संक्रमिणको उपचार गराइरहेका विरामीलाई पनि कोरोनालाई सजिलै जित्न सकिन्छ भन्ने उच्च मनोबल बढेको छ ।  उनलाई दुईपटकसम्मको रिर्पोट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।

त्यसैगरी चैत ४ गते नै फ्रान्सबाट आएकी काठमाण्डौंकी १९ वर्षीया युवती २७ दिनको अस्पताल बसाईएपछि शनिबारै घर फर्किएकी छन् । उनीमा चैत ९ गते कोरोना संक्रमण देखिएको थियो ।

कोरोना संक्रमणको संका लागेर घरमै सेल्फ आइसोलेसनमा बसेकी उनी आफै जाँचगर्न टेकु अस्पताल पुगेकी थिइन् । पछि जाँचको रिर्पोट पोजेटिभ देखिएपछि शुक्रराज ट्रपिकल सरुवा रोगको आइसोलेसनमा राखेर उनको उपचार गरिएको थियो । उनी नेपालमा कोरोना संक्रमण देखिने दोश्रो व्यक्ति हुन् । उनी भन्दा पहिले चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको र उनी निको भएर यतिबेला आफनो दैनिक जीवनमा फर्किइसकेका छन् ।

शनिबार अस्पतालबाट डिस्चार्ज भएर फर्कदै गर्दा ती युवतीले फ्रान्सबाट घर आइपुगेको चौथो दिनमा भियतनामी साथिले आफूमा कोभिड १९ पोजेटिभ भएको भनेपछि आफूले पनि टेष्ट गराएको बताएकी थिइन् । उनले अस्पतालमा उपचारका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो पेशाको धर्म मात्र निभाएको नभई व्यक्तिगत रुपमा पनि ‘ठिक हुन्छौ’ भनेर मनोबल बढाएको संचारमाध्यमलाई बताउँदै सवैमा धन्यवाद व्यक्त समेत गरेकी छन् ।

उनले संक्रमण हुँदाको अवस्थामा सास फेर्न गाह्रो, पेटमा दुखाई, एकदमै बढी खोकी लाग्ने गरेको बताएकी थिइन् ।  यतिबेला देशभरीका धेरै कोरोनाका लक्षण भएकाहरुले आफूले जस्तै आइसोलेसनको सुविधा नपाइरहेको अवस्था रहेकोले उनीहरुसम्म यो सुविधा पुर्याउन  उनले सरकार समक्ष अनुरोध पनि गरेकी थिइन् ।

सेल्फ आइसोलेसन एकदमै आवस्यकता रहेको बताउँदै विदेशबाट आएका र शंका लागेकाले टेष्ट गर्ने र सेल्फ आइसोलेसनमा बसिदिन समेत अनुरोध गरेकी छन् ।

उनले कोरोना संक्रमणबाट बच्नका लागि माक्स, पन्जा लगाउने र सरकारले दिएको गाइडलाइन फलो गर्न सबैलाई अनुरोध गरेकी छन् ।
उनले अन्य संक्रमित विरामीलाई छिटो निको हुनका लागि धैर्यताका साथ बस्न, नआत्तिन पनि सुझाव दिएकी छन् । कोरोनाको लक्षणहरु नै अलि अत्याउने भएकाले आत्मबल उच्च बनाउन पनि सल्लाह दिएकी छन् ।

उनले आफ्नो प्लाजामामा एन्टिबडी बढी भएकोले दान गर्न पाइरहेको बताउँदै भविष्यमा कोही संक्रमित गम्भीर भएमा यसले सहयोग गरोस् भन्ने समेत बताएकी थिइन् ।

प्रधानमन्त्रीले गरे स्वास्थ्यलाभको कामना
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका दुवैजनालाई स्वास्थ्य लाभको कामना गरेका छन् ।
बाग्लुङकी ६५ वर्षीया वृद्धाको बेजोडको आत्मविश्वास कारण उनीसँग कोरोना पराजित भएको भन्दै उनको दीर्घायुको कामना गर्दै दुवैजनाको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।

वि.सं.२०७७ वैशाख ७ आइतवार १०:४६ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...