back

काँग्रेस कोषाध्यक्षको सम्मेलन पुस ८ गतेदेखि

वि.सं.२०७३ पुस ६ बुधवार

600 

shares
IME Limited
NTC AD

६ पुस,काठमाडौँ। नेपाली काँग्रेसका कोषाध्यक्षको प्रथम राष्ट्रिय सम्मेलन यही पुस ८ गते हुने भएको छ ।

पार्टी सञ्चालनका लागि लेवीको व्यवस्थालाई थप व्यवस्थित बनाउने, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा हुने गरेका आर्थिक व्यवस्थापनको बारेमा वृहत छलफल गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको हो ।

यहाँ आज आयोजित पत्रकार सम्मेलन नेपालमा क्रियाशील राजनीतिक दलहरूले पार्टी कोष निर्माणका लागि सञ्चालन गरिएका चन्दा अभियान, चन्दा दातालाई दिइएको अनुचित दबाब, त्यसको दुरूपयोग र अपारदर्शीताका कारण पार्टी र नेतासमेत बदनाम भएको हुँदा त्यसको निराकरणका लागि पनि सम्मेलनको आयोजना गरिएको सम्मेलनका संयोजक गाविन्द पुडासैनीले बताउनुभयो ।

उहाँले काँग्रेसले केन्द्रीय नेतृत्वसँग लाभदायी पदमा बसेका व्यक्तिसँग केन्द्रमै लेबी उठाउने गरेको र जिल्लालाई दिने भनि तोकिएको लेबी समेत जिल्लाबाट प्राप्त गर्न समस्या भएको हुँदा त्यस बरेमा पनि सम्म्लनमा छलफल हुने जानकारी दिनुभयो ।

आसन्न स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनमा नेपाली काँग्रेसलाई अझ सशक्त र बलियो बनाउन व्यवस्थित र पारदर्शी कोष निर्माणका लागि यो सम्मेलनले सहयोग परियाउने अपेक्षा गरिएको छ ।

दुई दिनसम्म राष्ट्रिय सभागृहमा हुने भनिएको सम्मेलनले काठमाडौँ घाषणापत्र जारी गरी सम्पन्न हुने बताइएको छ । रासस

वि.सं.२०७३ पुस ६ बुधवार ११:२० मा प्रकाशित

आहा ! ढोरपाटन

आहा ! ढोरपाटन

ढोरपाटन । यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ...

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क...

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

काठमाडौँ । देशको राजधानीसमेत रहेको काठमाण्डौ महानगरभित्र माओवादी निकट महिलाहरु...

मौद्रिक नीति सकारात्मक : सिबिफिन

मौद्रिक नीति सकारात्मक : सिबिफिन

काठमाडौँ । दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक...

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख...

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...