back
CTIZAN AD

पटाका बजारमा विस्फोट ३१ को मृत्यु

वि.सं.२०७३ पुस ६ बुधवार

981 

shares

६ पुस,तुल्टेपेक (मेक्सिको) । मेक्सिकोको ठूलो पटाका बजारमा मङ्गलबार भएको भीषण विस्फोटमा परी कम्तीमा ३१ व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य ७२ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

मेक्सिको राज्यमा प्रमुख अभियोक्ता एलेजन्ड्रो गोमेजका अनुसार सुरुमा यस विस्फोटमा परी नौ मृत्यु भएको जानकारी दिइएको थियो । तर पछि यो सङ्ख्या बढेर ३१ पुग्यो ।

घाइते मध्ये घेरैको अवस्था चिन्ताजनक भएको हुनाले यो सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको पनि उहाँले बताउनुभएको छ । स्थानीय समयानुसार मङ्गलबार अपराह्न २ः५० बजे यो घटना भएको थियो ।

दुर्घटनास्थलबाट २६ व्यक्तिको शव निकालिएको र पाँच व्यक्तिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि सो सङ्ख्या ३१ पुगेको राज्यका गभर्नर इरुभिइल एभिलले बताउनुभएको छ ।

सङघीय प्रहरीका अनुसार यस घटनामा घाइते भएका ७२ व्यक्तिहरुलाई अस्पतालको आकस्मिक कक्षमा उपचारको लागि राखिएको छ । तीमध्ये २१ जना भने उपचारपछि घर फर्किएका छन् ।

अग्नी नियन्त्रण दलमा सदस्यहरुको तीन घण्टासम्मको संघर्षपछि सो आगलागीलाई नियन्त्रणमा लिइएको बताइएको छ ।रासस÷एएफपी

वि.सं.२०७३ पुस ६ बुधवार ११:२५ मा प्रकाशित

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...