back

पटाका बजारमा विस्फोट ३१ को मृत्यु

वि.सं.२०७३ पुस ६ बुधवार

669 

shares
IME Limited
NTC AD

६ पुस,तुल्टेपेक (मेक्सिको) । मेक्सिकोको ठूलो पटाका बजारमा मङ्गलबार भएको भीषण विस्फोटमा परी कम्तीमा ३१ व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य ७२ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

मेक्सिको राज्यमा प्रमुख अभियोक्ता एलेजन्ड्रो गोमेजका अनुसार सुरुमा यस विस्फोटमा परी नौ मृत्यु भएको जानकारी दिइएको थियो । तर पछि यो सङ्ख्या बढेर ३१ पुग्यो ।

घाइते मध्ये घेरैको अवस्था चिन्ताजनक भएको हुनाले यो सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको पनि उहाँले बताउनुभएको छ । स्थानीय समयानुसार मङ्गलबार अपराह्न २ः५० बजे यो घटना भएको थियो ।

दुर्घटनास्थलबाट २६ व्यक्तिको शव निकालिएको र पाँच व्यक्तिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि सो सङ्ख्या ३१ पुगेको राज्यका गभर्नर इरुभिइल एभिलले बताउनुभएको छ ।

सङघीय प्रहरीका अनुसार यस घटनामा घाइते भएका ७२ व्यक्तिहरुलाई अस्पतालको आकस्मिक कक्षमा उपचारको लागि राखिएको छ । तीमध्ये २१ जना भने उपचारपछि घर फर्किएका छन् ।

अग्नी नियन्त्रण दलमा सदस्यहरुको तीन घण्टासम्मको संघर्षपछि सो आगलागीलाई नियन्त्रणमा लिइएको बताइएको छ ।रासस÷एएफपी

वि.सं.२०७३ पुस ६ बुधवार ११:२५ मा प्रकाशित

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ

नयाँदिल्ली । बमको धम्कीको सूचना पछि शुक्रबार रिचमन्ड ग्लोबल स्कुल,...

भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु

भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु

पटना, भारत । पूर्वी भाारतमा मनसुनी आँधीका क्रममा चट्याङ् पर्दा...

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

नयाँ दिल्ली ।  भारतको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इन्डियाको...

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

बैङ्कक ।  म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक...

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

किभ, युक्रेन । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य...

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...