back

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सार्वजनिक गर्न माग

वि.सं.२०७७ असोज १९ सोमवार

174 

shares
RBB AD
NTC AD

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सार्वजनिक गर्न माग गरेका छन् । सोमबार सामाजिक सञ्जाल ट्विटमार्फत उनले यस्तो माग गरेका हुन् ।

सल्लाहकार, स्वीकय सचिव र सुरक्षाकर्मीहरु समेत कोरोना संक्रमित भईरहेको बेला प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सार्वजनिक गर्न राणाले माग गरेका हुन् । अध्यक्ष राणाले ओलीको अवस्था सार्वजनिक गरिनु उपयुक्त हुने बताएका छन् ।

‘प्रमको स्वास्थ्य सार्वजनिक चासो र महत्वको विषय हो, प्रम केपी ओलीका सल्लाहकार स्वकीय(सचिव सुरक्षाकर्मी कोरोना संक्रमित भएबाट प्रम स्वयमको स्वास्थ्य स्थिति, आइसोलेसनमा बस्नु पर्ने नपर्ने भन्नेबारे सरकारको औपचारिक जानकारी सार्वजनिक भए उपयुक्त हुने थियो’, राणाले भनेका छन्, ‘विश्वव्यापी प्रचलन यस्तै छ।’

गत शुक्रबार गरिएको कोरोना परीक्षणमा प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकारदेखि केहि सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको विषय सार्वजनिक भएको थियो । तर, प्रधानमन्त्री ओलीको विषयमा भने सार्वजनिक भएको छैन् ।

वि.सं.२०७७ असोज १९ सोमवार १४:३० मा प्रकाशित

NLIC AD
NABIL bank AD
डढेलोले वन जलेपछि चिन्तामा नरकुमारी

डढेलोले वन जलेपछि चिन्तामा नरकुमारी

खोटाङ । तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च...

जापानमा ९० लाख घर खाली

जापानमा ९० लाख घर खाली

टोकियो । जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९०...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको चुनौती

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको चुनौती

काठमाडौँ । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु...

टेलिकमको आईसिटी डे अफर, के तपाईले प्रयोग गर्नु भयो ?

टेलिकमको आईसिटी डे अफर, के तपाईले प्रयोग गर्नु भयो ?

काठमाडौँ । नेपाल टेलिकमले वैशाख २० गते राष्ट्रिय सूचना तथा...

कमलपोखरीमा ढकमक्क फुलेर सबैको मन तान्दै ज्याकरान्डा (तस्बिरहरु)

कमलपोखरीमा ढकमक्क फुलेर सबैको मन तान्दै ज्याकरान्डा (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको कमल पोखरीमा ढकमक्क फुलेको ज्याकराण्डा फुल ।...

पोखराका ८ हजार बढी होटल तथा रेष्टुराँमा २५ हजार श्रमिकलाई रोजगारी

पोखराका ८ हजार बढी होटल तथा रेष्टुराँमा २५ हजार श्रमिकलाई रोजगारी

गण्डकी । होटल व्यवसायी महासङ्घ गण्डकीमा आठ हजार बढी होटल...