
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ । सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन् । मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला । काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ । आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला ।
वृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । तर आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउन सक्छ ।
मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह
विशेष भेटघाटले काममा उत्साह बढाउला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ । सामाजिक दायित्व बढ्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन् ।
कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पछिका लागि केही वस्तु त्याग्नुपर्ला । तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । टाढाका साथीभाइले काममा साथ दिनेछन् । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । टाढाका साथीभाइ भेटिनाले खुसियाली छाउनेछ। कर्जामार्फत धन जुट्नेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ ।
सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ । लगानीतर्फ लागत बढ्नेछ । आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला । पछिका लागि गरिएको लगानीले भने फाइदै दिनेछ ।
कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आँटले काम लिन नसक्दा केही पछि परिनेछ । समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्नेछ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ । दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ ।
तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
पहिलेका कमजोरीले केही समस्या उब्जाए पनि सोचेको काम सम्पादन गर्न सकिनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम सम्पादन गर्न सकिनेछ । अप्ठ्यारा परिस्थितिमा पनि समस्या दर्साउँदा सहयोगीहरूको साथ जुट्नेछ ।
वृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला । आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन् । काम बिग्रने भयले पनि सताउनेछ । पहिलेका समस्या सच्याउने अवसर भने प्राप्त हुनेछ । केही काम दोहोर्याउनुपर्ने स्थिति आए पनि प्रयत्न गर्दा सहयोगीहरूको साथ प्राप्त हुनेछ । काम पूर्ण नभए पनि अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ ।
धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ । व्यापारको बहानामा रमाइलो यात्रा हुनेछ । आम्दानी बढ्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । विशेष उपहार प्राप्त हुनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनुका साथै अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।
मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ । अधिकारका लागि सजग रहनुपर्ला। प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन् । काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । तापनि मिहिनेत गर्दा नियमित काम बन्नेछन् र सामान्य फाइदा पनि हुनेछ । भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ । परिस्थितिले नयाँ कर्मतर्फ अग्रसर गराउन सक्छ ।
कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अप्ठ्यारा परिस्थितिले काम गर्न विलम्ब हुनेछ । समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान् । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । पढाइलेखाइमा त्यति समय दिन नसकिएला । अरूको विश्वास गर्दा धोका हुन सक्छ ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय छ, सजग रहनुपर्ला । लगनशीलताले दिगो फाइदा दिलाउन सक्छ । टाढिएका आफन्त नजिकिनेछन् । तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला । महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला ।
वि.सं. २०७७ असोज २३ शुक्रवार इ.स. २०२० अक्टोबर ९
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
वि.सं.२०७७ असोज २३ शुक्रवार ०८:०९ मा प्रकाशित