back
CTIZAN AD

मुक्तक

वि.सं.२०८२ असोज ११ शनिवार

2.1K 

shares

इन्दिरा रेग्मी, नुवाकोट, अमारे

१.

सकुन्जेल थोरै थोरै कमाउनु पर्ने रहेछ
पछिको साहारा पनि जमाउनु पर्ने रहेछ
खुसीहरु कतिबेला खोसिन्छन् थाहै हुँदैन
बाँचुन्जेल मोजमस्ती रमाउनु पर्ने रहेछ ।

२.

कुइरे गोरे देख्नै नहुने हुरुक्कै दाम्लो कसेका छौ
नेपाली हेर्दै नहेर्ने भन्दै विदेशी कुरेर बसेका छौ,
बुटामा पैसा फल्दैन गाँठे सात समुद्रपारी पनि,
चिन्नु न जान्नु पैसाको लोभमा धेरै फसेका छौ ।

३.

कहिले बाँड्ने कहिले फेरि माग्ने दिन आउँछ
दशा बिग्रिएपछि रुँदै–रुँदै भाग्ने दिन आउँछ
धन बल रुपको कहिल्यै कसैले घमण्ड नगरौँ
भएकै शरिरको पनि बोझ लाग्ने दिन आउँछ ।

४.

भोग्नुपर्ने नगरेको पाप यही जिन्दगी रहेछ
मरेपछि हुने नै पश्चात्ताप यही जिन्दगी रहेछ
यसो ग¥यो उसो ग¥यो आउँछन् हजार चाहना
पार्नु पर्ने सपना सखाप यही जिन्दगी रहेछ ।

५.

पानी बराबार साँध सँधियार मजाका छन्
स्वार्थी भँडुवा दम्भी मतियार मजाका छन्
बन्धनको चन्दनमा रमाइलो छ वामेहरूको
च्वाट्ट घाँटी काट्ने हतियार मजाका छन् ।

 

वि.सं.२०८२ असोज ११ शनिवार १०:२१ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...