back
CTIZAN AD

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

वि.सं.२०८३ भदौ १७ बुधवार

shares

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई तथा जमिनी खोज तथा उद्धार र विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा जारी उद्धार कार्यको पछिल्लो अवस्था सार्वजनिक गरेको छ।

सेनाका अनुसार रसुवागढी हाइड्रोपावरको सुरुङमा उद्धार टोली करिब १५० मिटरभित्र पुगेको छ। सुरुङभित्र ठूला चट्टानका कारण थप अगाडि बढ्न नसकेपछि आज पुनः खोज तथा उद्धार कार्य जारी राखिएको छ।

त्यस्तै, लाङटाङ हाइड्रोमा विदेशीसमेत २५ जनाको संयुक्त खोज तथा उद्धार टोली सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोजी तथा उद्धारमा खटिएको छ। लिमे हाइड्रोमा पनि विदेशीसमेतको संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको सेनाले जनाएको छ।

अपर त्रिशूली–१, हाँकुमा नेपाली सेनाको टोलीले खोज तथा उद्धार गरिरहेको छ।

त्रिशूली–१ मा नेपाली सेनासहित ९३ जनाको संयुक्त उद्धार टोलीले तीनवटा स्काभेटर र एउटा बबक्याट प्रयोग गरी माटो पन्छाउने काम गरेको छ। कम्प्रेसर मेसिन, ब्रेकर तथा ब्लास्टिङको कामपछि सुरुङको प्रवेशद्वार भेटिएको सेनाले जनाएको छ। वर्षाका कारण राति जमेको करिब १।५ मिटर पानी पम्पमार्फत बाहिर निकाल्ने काम समेत गरिएको छ।

त्यसैगरी, त्रिशूली–३ बीमा नेपाली सेनाका ६१ जना, गैरसैनिक तीन जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र आवास क्षेत्र पहिचान गरेको छ। उक्त क्षेत्रमा पुग्न एक्स्काभेटरमार्फत बाटो निर्माणको काम भइरहेको छ।

सेनाले प्रभावित क्षेत्रका जंगल, डाँडाकाँडा, खोला तथा बस्ती क्षेत्रमा पैदल गस्ती गरी स्थानीयको अवस्था बुझ्ने र उद्धारको आवश्यकता मूल्यांकन गर्ने काम भइरहेको जनाएको छ।

त्रिशूलीपारि कोलोनीदेखि तुप्चे, सोले बजार तथा नुवाकोट जिल्लाका विभिन्न स्थानमा समेत खोज तथा उद्धार कार्य जारी रहेको छ।

टिमुरे क्षेत्रमा फेला परेका शवलाई व्यवस्थापनका लागि त्रिशूलीसम्म ल्याउन हवाई उद्धार तथा ढुवानीको प्रक्रिया सुरु गरिएको सेनाले जनाएको छ।

सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म ९ हजार २ सयभन्दा बढी नेपाली सेना प्रत्यक्ष रूपमा परिचालन भएका छन्।

उनीहरूले समन्वयात्मक रूपमा घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३९ मा प्रकाशित

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले  आर्थिक...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित २२ वटा माध्यमिक र...