back
CTIZAN AD

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

वि.सं.२०८३ भदौ १७ बुधवार

15 

shares

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय क्षतिपछि बेपत्ता तथा मृतकको पहिचानका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारमा डीएनए प्रोफाइलिङ कार्य भइरहेको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २०८३ भदौ १६ गतेदेखि व्यक्ति पहिचानका लागि डीएनए प्रोफाइलिङको काम भइरहेको छ। यसका लागि बेपत्ता व्यक्तिका प्रथम तहका रक्तसम्बन्धी आफन्त अर्थात् बाबु, आमा, छोरा वा छोरीलाई सम्भावित डीएनए दाताका रूपमा प्राथमिकतामा राखिएको छ।

मृतकका प्रथम तहका रक्तसम्बन्धी आफन्तबाट संकलन गरिएका रगतका नमुना संकलन भएकै स्थानबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ।

मृतकका प्रथम तहका आफन्त वा अन्य आफन्तले आफ्नो डीएनए नमुना प्रयोग गर्न मिल्छ कि भनेर परीक्षण गराउनुअघि नेपाल प्रहरीसँग सम्पर्क गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

काठमाडौँमा डीएनए परीक्षणका लागि रगतको नमुना दिनुपर्ने आफन्तले नेपाल प्रहरी अस्पताल, महाराजगन्जस्थित प्याथोलोजी प्रयोगशालामा सम्पर्क गर्न सक्नेछन् भने काठमाडौँ बाहिर रहेका आफन्तले आफूलाई पायक पर्ने नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्ने जनाइएको छ । नमुना दिने आफन्तले दुई प्रति पासपोर्ट साइजको फोटो समेत साथमा ल्याउन भनिएको छ ।

नेपालबाहिर बसोबास गर्ने बेपत्ता व्यक्तिका आमाबाबु वा छोराछोरीले आफू बसेको देशको आधिकारिक फरेन्सिक प्रयोगशालाबाट डीएनए प्रोफाइल प्राप्त गर्न सक्नेछन्।

त्यसरी प्राप्त डीएनए प्रोफाइलको इलेक्ट्रोनिक प्रतिलिपि नेपाल प्रहरीको आधिकारिक इमेल dnacodis@nepalpolice.gov.np मा पठाउनुपर्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बाढीबाट प्रभावित तथा आफन्त बेपत्ता भएका परिवारलाई तोकिएको प्रक्रियाअनुसार डीएनए नमुना उपलब्ध गराई व्यक्ति पहिचान कार्यमा सहयोग गर्न आग्रह गरेको छ।

 

वि.सं.२०८३ भदौ १७ बुधवार १४:२८ मा प्रकाशित

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले  आर्थिक...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित २२ वटा माध्यमिक र...