back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ असोज ११ शनिवार

1.4K 

shares

साजन पौडेल (सञ्जय)
देवघाट–५, तनहूँ

१.
पाइन्न कहिल्यै देखेको
मेटेर कहाँ मेटिन्छ ?
निधारमा भावीले लेखेको ।

२.
सम्झिएर देशको माटो
परदेशमा पसिना बगाउँदा
मुटुमा प¥यो गाँठो ।

३.
अनौठौ माया भेटियो
बिछोडको त्यो करौतीले
मुटु, कलेजो रेटियो ।

४.
दुखाउनलाई यो छाती
बेला, कुबेला तिम्रा
यादहरू नआएकै जाती ।

५.
गाउँमा फुल्ने तितेपाती
लगेछ सायद बाढीले
सपनीमा दुःख्दैछ छाती ।

६.
मानिसको जीवन कहानी
मरेपछि हुन्छ शरीर
ढुङ्गा, माटोको सिरानी ।

७.
मनको तृष्णा मेटिएन
खोजी हेरेँ मानवता
कहीँ, कतै भेटिएन ।

८.
हुन्छ, सबैको जीत
लगाउन सकेमा मनैदेखि
सधैँ चोखो प्रीत ।

९.
सजाएर लालीगुराँस आँखामा
घन्किदैछ असारे गीत
मेरो पहाडी पाखामा ।

१०.
बाचौँ जिन्दगी हाँसेर
उदार मनले दुनियाँसँगै
प्रीतिको फूल गाँसेर ।

वि.सं.२०८२ असोज ११ शनिवार १०:२३ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...