back
CTIZAN AD

लघुकथा : मरिच मन

वि.सं.२०८२ असोज ११ शनिवार

948 

shares

बिष्णुकुमार बराइली, मिरिक, दार्जीलिङ

धनमान गजक्क छ। उ आफैमा सम्पन्न छु सोच्छ । कसैको कुरा उ मान्दैन र सुन्दैन पनि, जे इच्छा हुन्छ उ त्यही गर्छ । उ आफैलाई गायक र लेखक भन्छ । तर कसैलाई उसले मार्गदर्शन गराउँदैन । हो, उ लेख्छ र गाउछ पनि । उभित्र कला र गला भने छ । तर उ कुँवाको भ्यागुता नै छ । जमाना कहाँदेखि कहाँ पुगिसक्यो तर उ पूर्वाग्रहमा बाँच्छ। अचम्मको छ उसको व्यवहार ।

जहाँ उसको कदर छैन, त्यहाँ उ लागि पर्छ। तर जहाँ उसलाई मान सम्मान गरिन्छ त्यहाँ उ जाँदैन । बरू तिनीहरूको कमी कमजोरी केलाउँछ । बेला बखत देखा परेता पनि साथ भने कहिल्यै मनबाट दिँदैन । आफ्नो गाउँ ठाउँको भलो उ चाहँदैन। बहिरकै भलो सोच्नु बढ़ीबढ़ाइ गर्नमा उसलाई फुर्सद नै हुँदैन । नभन्दै त्यतैतिर धाउँछ जहाँ उसलाई सधैँ पछि पार्दछन् । उसको योग्यतालाई दबाउछन् । यसैले ‘किन चाउरी परिस् मरिच आफ्नै चालले’, भन्ने उखान उमाथि सतप्रतिशत मेल खान्छ । तथापि उ आफैभित्र मग्न छ ।

घरछेऊको लुते भने सधैँ उसलाई सम्झाउँछ । साथ माग्छ नजाऊ दाइ अन्त हामी मिलेर आफ्नै गाउँ बनाऔँ । तर धनमानको हृदय कहिल्यै पग्लिदैन । लुतेको अनुरोध उसलाई व्यर्थको लाग्छ । किनकि उ कसैलाई अघि बढेको हेर्न चाहँदैन। उ स्वार्थी र अहङ्कारी छ ।

एकदिन लुतेले गाउँमा सानोतिनो साङगितिक कार्यक्रम राख्यो। गाउँका नव प्रतिभाहरूले मौका पाए गाउँलेबाट शुभकामना र साथ पायो ।

टाढाबाट पहुनाहरू आए । लुतेको सराहना गरे । धनमान भने कार्यक्रममा देखिएन । उ अर्कै कार्यक्रममा गयो। केवल मुकदर्शक बनेर फर्कियो । भोलिपल्ट धेरैले उसलाई कार्यक्रममा किन नआएको ? आफ्नो प्रस्तुति नदिएको ?, भनेर सोधे । आफ्नो अहङ्कारमा डुबेको धनमानले छोटो उत्तर दियो, ‘ मलाई आफ्नो ठाउ साँघुरो लाग्छ ।’

गाउँको मायाले ओतप्रोत लुते आजभोलि समाजसेवामा लागिरहेको छ । गाउँलेहरू उसैको प्रशंसा गर्छन् ।

वि.सं.२०८२ असोज ११ शनिवार १०:२९ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...