back

आईपिएलमा आज २ खेल हुदैँ, क-कस्को बिचमा छ त आजको खेलहरु

वि.सं.२०७७ असोज २४ शनिवार

459 

shares

असोज २४, काठमाडौँ । आईपिएलमा आज दुई खेल हुन गईरहेका छन । पहिलो खेलमा किंग्स इलेवन पंजाब र कोलकत्ता नाइट राइडर्स भिड्ने छन भने दोस्रो खेलमा चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेङ्गलोर भिड्ने छन ।

पंजाब र कोलकत्ता बिचको खेल दिउँसो ३:४५ बाट सुरु हुने छ । पंजाबले यस आईपिएलमा ६ खेल खेल्दाँ १ मा मात्र जित निकाल्न सफल भएको छ भने कोलकात्ताले ५ खेल खेल्दाँ ३ मा जित र २ मा हारेको सामना गरेका छन । अकं तालिकामा पंजाब २ अकं सहित आठौँ स्थानमा रहेको छ भने कोलकत्ता ६ अकं सहित चौँथो स्थानमा रहेको छ ।

कोलकत्ताको सम्भावित प्लेइङ्ग इलेवन:

सुनिल नारायण, शुभनम गिल, नीतीश राणा,इयोन र्मोगन, आन्द्रे रसल, दिनेश कार्तिक, प्याट कमिन्स, कुलदिप यादव, कमलेश नगरकोटी, शिवम मावी, प्रसिद कृष्ण ।

पंजाबको सम्भावित प्लेइङ्ग इलेवन:

केएल राहुल, क्रिस गेल, मयंक अग्रवाल, करुण नायर, निकोलस पुरण, सर्फराज खान, मुजीब उर रहमान, मोहम्मद शमी, रवि विश्नोइ, अर्शदिप सिंह, शेल्डन कोटरल ।

राति हुने चेन्नाई सुपर किंग्स र रोयल च्यलेन्जर्स बेङ्गलोर बिचको खेल भने ७:४५ बाट सुरु हुनेछ । बेङ्गलोरले यस आईपिएलमा ५ खेल खेल्दाँ ३ मा जित र २ मा हारेको सामना गरेको छ । त्यसैगरी चेन्नाईले ६ खेल खेल्दाँ २ खेलमा मात्र जित हासिल गरेको छ ।
बेङ्गलोर अकं तालिकामा पाँचौँ स्थानमा रहेका छ भने चेन्नाई सातौँ स्थानमा रहेको छ ।

बेङ्गलोरको सम्भावित प्लेइङ्ग इलेवन:

एरण फिंच, देवदत्त पाडीकल, विराट कोहली, एबी डि भिलियर्स, जोसि फिलिप, शिवम दुबे, वाशिंगटन सुन्दर, ईसरु उदान, नवदीप सैनी, मोहम्मद सिराज, युजवेन्द्र चाहल ।

चेन्नाईको सम्भावित प्लेइङ्ग इलेवन:

शेन वाटसन, फाफ डुप्लेसिस, अंबती रायुडु, महेन्द्र सिंह धोनी, श्याम करण, रविन्द्र जडेजा, केदार जाधव, दिपक चाहर, पियुष चावला, डुवेन ब्राबो, शादुर्ल ठाकुर ।

वि.सं.२०७७ असोज २४ शनिवार ०८:०९ मा प्रकाशित

Himalayan Life AD
टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल...

२०औँ एसियाली खेलकुद (एसियाड) का लागि  ४३४ खेलाडीको नाम दर्ता

२०औँ एसियाली खेलकुद (एसियाड) का लागि ४३४ खेलाडीको नाम दर्ता

काठमाडौँ । जापानको आइची र नागोयामा अर्को वर्ष आयोजना हुने...