back

युवा नेता युवराज चौलागाईँको प्रश्न-‘के नेकपामा विदेश विभागको औचित्य सकिएको हो ?’

वि.सं.२०७७ मंसिर २८ आइतवार

156 

shares
RBB AD
NTC AD

२८ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता तथा प्रवास समन्वय कमिटीका अध्यक्ष युवाराज चौलागाईले पार्टीभित्र विदेश विभागको औचित्य सकिएको हो भन्दै प्रश्न गरेका छन् ।

नेकपाका महासचिव विष्णु पौडेलको निमन्त्रणामा नेपाल आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. बिजय चौथाइको नेपाल भ्रमणका बारेमा पार्टीकै विदेश विभाग बेखबर भएको भन्दै नेता चौलागाईँले यस्तो प्रश्न गरेका हुन् ।

‘नेकपा विदेश विभाग यसबारे बेखबर देखियो । नेकपाले यस भ्रमणलाई कुनै राजनीतिक कार्यक्रम वा औपचारिक सम्बोधन मार्फत स्वामित्व लिएको देखिएन, नेता चौलागाईँले यस विषयमा अनभिज्ञता प्रकण गर्दै सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री, अर्थमन्त्री, परराष्ट्र मन्त्री लगायत मुख्य नेताहरु संगका भेटहरुको संस्थागत अभिलेख -institutional memory) बारे अबगत नभए पनि औपचारिक रुपले ती उच्चतहका भेटबारे परराष्ट्र बोलेको देखिएन, सुनिएन ।’

नेता चौलागाईँले लेखेका छन्,
‘भारतीय जनता पार्टीका बिदेश विभाग प्रमुख डा. बिजय चौथाइवाले तीन दिने नेपाल भ्रमण सकेर भारत फर्किए । नेकपा महासचिव बिष्णु पौडेलको निमन्त्रणामा नेपाल आएका उनले प्रधानमन्त्री केपी ओली, महासचिव पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ देखि कांग्रेस सभापति देउवा हुंदै सजपा का नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो समेतलाई भेटे ।

ने क पा विदेश विभाग यसबारे बेखÞबर देखियो । नेकपाले यस भ्रमणलाई कुनै राजनीतिक कार्यक्रम वा औपचारिक सम्बोधन मार्फत स्वामित्व लिएको देखिएन । प्रधानमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री लगायत मुख्य नेताहरु संगका भेटहरुको संस्थागत अभिलेख (ष्लकतष्तगतष्यलब िmझयचथ० बारे अबगत नभए पनि औपचारिक रुपले ती उच्चतहका भेटबारे परराष्ट्र बोलेको देखिएन, सुनिएन ।

चौथाईवालेको भ्रमणसंगै केही प्रश्न उठ्छन्–के नेकपामा विदेश विभागको औचित्य सकिएको हो ? के भाजपाले नेपालको राजनीतिमा खुल्ला पक्षधरताको नीति लिएको र यताबाट त्यस अनुकूल परिवेश तयार पारिदै गरिएको हो ? के नेपालका उच्च पदस्थ राजनैतिक नेतृत्वले कुटनैतिक आचारसंहिता लगायत सामान्य कुटनैतिक परंपरा बिर्संदै गएको हो ? अथवा, अरु केही हो ? कतैबाट बुझाइदिए आभारी हुने थिएं ।’

भारतीय जनता पार्टीका बिदेश विभाग प्रमुख डा. बिजय चौथाइवाले तीन दिने नेपाल भ्रमण सकेर भारत फर्किए । नेकपा महासचिव बिष्णु…

Posted by Yubaraj Chaulagain on Saturday, December 12, 2020

वि.सं.२०७७ मंसिर २८ आइतवार १३:३५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
संसारभरीका नेपालीभाषीलाई नेपालसँग जोड्न उपपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संसारभरीका नेपालीभाषीलाई नेपालसँग जोड्न उपपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्वका विभिन्न मुलुकमा...

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

काठमाडौँ । पाकिस्तानको  इस्लामावादमा रहेको नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको...

काभ्रेमा बनबाट बस्तिमा फैलिएको आगोले पन्ध्र घर जलेर नष्ट

काभ्रेमा बनबाट बस्तिमा फैलिएको आगोले पन्ध्र घर जलेर नष्ट

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ४ सानोपोटा...

रारा क्षेत्रमा रिसोर्ट निर्माण हुनु सुखद भएको भन्दै प्रधानमन्त्रीद्वारा खुसी व्यक्त

रारा क्षेत्रमा रिसोर्ट निर्माण हुनु सुखद भएको भन्दै प्रधानमन्त्रीद्वारा खुसी व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा...

रसुवामा सम्बन्धविच्छेद घटना बढ्दै, प्रमुख कारण बैदेशिक रोजगार

रसुवामा सम्बन्धविच्छेद घटना बढ्दै, प्रमुख कारण बैदेशिक रोजगार

रसुवा । गत आर्थिक वर्षको तुलनामा चालु आवमा रसुवामा सम्बन्धविच्छेदका...

ललितपुर डढेलोमा परेका अर्का घाइतेको पनि मृत्यु

ललितपुर डढेलोमा परेका अर्का घाइतेको पनि मृत्यु

पाटन (ललितपुर) । गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको...