back
CTIZAN AD

पहिलो इनिङ्गसमा इंल्याण्डले बनायो ५७८ रन, कप्तान जो रुटको दोहोरो सतक

वि.सं.२०७७ माघ २५ आइतवार

729 

shares

२५ माघ, काठमाडौँ । भारत र इंल्याण्ड बिच चेन्नाईमा चलिरहेको पहिलो टेस्टको पहिलो इंनिङ्गसमा इंल्याण्डले उत्कृष्ट ब्याटिङ्ग गर्दै ५७८ रन बनाएको छ ।

टस जितेर पहिलो ब्याटिङ्ग गर्ने निणर्य लिएको इंल्याण्ड क्रिकेट टिम १९०.१ ओभरमा ५७८ रन बनाएर अलआउट भएको हो । ब्याटिङ्गमा इंल्याण्डका कप्तान जो रुटले दोहोरो सतक जडेका छन । उनी २१८ रन बनाएर आउट भएका थिए । त्यसैगरी डोम बेशले ८७ रनको पारी खेलेका थिए भने बेन स्टोक्स ८२ रनको पारी खेल्दैँ आउट भएका थिए ।

भारतका लागि बलिङ्गमा जसप्रीत बुमराह र रवि चन्द्र अश्विनले सर्वाधिक ३/३ विकेट लिएका थिए ।

अबको केही समयमा भारत आफ्नो पहिलो इनिङ्गस लिएर आउने छ ।

वि.सं.२०७७ माघ २५ आइतवार १०:३४ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...