back

पत्रकार खाशोग्गीकी प्रेमिकाद्धारा साउदीका क्राउन प्रिन्समाथि कारबाहीको माग

वि.सं.२०७७ फागुन १८ मंगलवार

108 

shares
RBB AD
NTC AD

हत्या गरिएका पत्रकार जमाल खाशोग्गीकी प्रेमिकाले साउदी अरबका क्राउन प्रिन्समाथि कारबाहीको माग गरेकी छन् ।

खाशोग्गीकी प्रेमिका ह्याटिस केंगिजले जमाल हत्या प्रकरणमा साउदीका युवराजलाई शिघ्र सजाय दिनुपर्ने माग गरेकी हुन् ।
अमेरिकी खुपिया एजेन्सीद्धारा साउदीका युवराज मोहम्मद बिन सलमानले खाशोग्गीको हत्या गर्ने अनुमति दिएको रिर्पोट सार्वजनिक भएपछि केंगिजले राजकुमार सलामानलाई कारबाही गरेर यस्ता घटना पुनरावृत्ति हुन रोक्नुपर्ने भन्दै कारबाहीको माग गरेकी हुन् ।

उनले भनेकी छन् – यो जरुरी छ कि, निर्दोष र मासुम व्यक्तिको बर्बर हत्या गर्न आदेश दिने क्राउन प्रिन्सलाई ढिलो नगरी सजाय दिनुपर्दछ ।’ बीबीसीले उनको भनाई उद्धृत गर्दै लेखेको छ,‘ यदि क्राउन प्रिन्सलाई सजाय दिइएन भने उनले सधै खतरा ल्याइरहने तथा मानवतामाथि एक धब्बाको रुपमा रहिरहनेछन् ।’

केंगिजले संसारभरीका नेताहरुलाई अपिल गर्दै क्राउन प्रिन्स बिन सलमानसँग दूरी बढाउँदै साउदी अरबमाथि प्रतिबन्ध लगाउने लगायतका सजाय दिन माग गरेकी छन् ।

अपनी मंगेतर के साथ जमाल ख़ाशोज्जी

उनले यस विषयमा बाइडेन सरकारको आलोचना गर्दै भनेकी छन्,– बाइडन प्रशासन लगायत सबै देशका नेताहरुले आफैसँग यो प्रश्न गर्न जरुरी छ कि, के उनीहरु प्रिन्स महम्मद बिन सलमानसँग हात मिलाउन तयार छन् ? म सबै नेताहरुसँग अपिल गर्दछु कि, उनीहरु आफ्नो हृदयमाथि हात राखेर क्राउन प्रिन्सलाई सजाय दिनका लागि अभियान चलाउन् ।

सन् २०१८ को अक्टोबरमा टर्किको इस्तानुबुलस्थित साउदी दूतावासमा पुगेका ५९ वर्षीय खाशोग्गीको हत्या भएको थियो । उनको हत्या गरेर शरिर टुक्रा टुक्रा भएको अवस्थामा फेला परेको थियो । केही समय साउदी सरकारका सल्लाहकार समेत रहेका खाशोग्गी शाही परिवारको निकै नजदिक सम्बन्ध रहेको बताईन्छ । तर २०१७ मा उनको साही परिवारसँगको सम्बन्धमा समस्या आएपछि खाशोग्गीले अमेरिकाको शरण लिएका थिए । त्यहाँ उनले चर्चित संचारमाध्यम वासिङ्गटन पोस्टमा मासिक रुपमा आर्टिकल लेख्ने गरेका थिए । जसमा उनले साउदीका राजा प्रिन्स मोहम्मद बिन सलमानको नीतिको आलोचना गर्थे ।

साउदी अबरका प्रभावशाली शाषाकका रुपमा रहेका प्रिन्स सलमानले भने उक्त हत्यामा आफ्नो कुनैपनि भूमिका नरहेको बताउँदै आएका छन् ।

यस्तो थियो खाशोग्गीको हत्या प्रकरण
सन् २०१८ को अक्टोबरमा आफ्नी मंगेतर केंगिजसँग विवाह गर्नका लागि खाशोग्गी जरुरी डकुमेन्ट लिनका लगि इस्तानुबुलमा रहेको साउदी राजदूतावासमा पुगेका थिए ।

उक्त समयमा त्यहाँका राजदूतका रुपमा रहेका क्राउन प्रिन्सका भाइ प्रिन्स खालिद बिन सलमानले उनका लागि दूतावासमा कुनै खतरा नरहेको आश्वासन दिएका थिए । तर राजदूत सलमानले उक्त समयमा खाशोग्गीसँग आफ्नो कुनै कुरा नभएको इन्कार गरेका थिए ।

स्रोतका अनुसार खाशोग्गीलाई भारी मात्रामा नशाको इन्जेक्सन लगाइदिएपछि ओभरडोजका कारण उनको मृत्यु भएको र उनको शबलाई टुक्रा–टुक्रा पारेर दूतावासको बाहिर स्थानीय सहयोगीलाई दिइएको थियो । ताकि उनको शबको कुनै पनि अवशेष नभेटियोस् भनेर ।

 

वि.सं.२०७७ फागुन १८ मंगलवार १३:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आगो लगाउनेलाई खोजी गरी कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

आगो लगाउनेलाई खोजी गरी कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको...

फुट्यो जनता समाजवादी पार्टी, अशोक राई नेतृत्वको टिम पुग्यो निर्वाचन आयोग

फुट्यो जनता समाजवादी पार्टी, अशोक राई नेतृत्वको टिम पुग्यो निर्वाचन आयोग

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा विभाजन आएको...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता सम्पन्न

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता सम्पन्न

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा...

कीर्तिपुर बस दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

कीर्तिपुर बस दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा एक जनाको...

दरबार हाइस्कूलमा शिक्षकबाटै अभिभावक असुरक्षित, बालबालिकाको अवस्था के होला ?

दरबार हाइस्कूलमा शिक्षकबाटै अभिभावक असुरक्षित, बालबालिकाको अवस्था के होला ?

काठमाडौं । नेपालको पहिलो विद्यालय भानु माध्यामिक विद्यालय (दरबार हाईस्कूल)मा...