back

ईश्वर पोखरेल भन्छन् – एमाले र माओवादी केन्द्रबीच नयाँ ढंगले फेरि एकता हुन्छ

वि.सं.२०७७ फागुन २७ बिहीवार

699 

shares

काठमाडाैं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक अवस्था र संसदमा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन्।

‘प्रतिनिधिसभामा दलहरूबीच समन्वय भई प्रक्रिया सामान्य ढंगले अगाडि नबढे ताजा जनादेशमै जानुपर्छ,’ बिहीबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भने।

उपप्रधानमन्त्री पोखरेलले निर्वाचनका लागि तयार हुन आम मतदातासमक्ष आग्रह पनि गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता पोखरेलले सर्वोच्च आदालतको फैसलाबाट उत्पन्न भएको वर्तमान राजनीतिक अवस्थाको सामना गर्दै एमाले र माओवादी केन्द्रका जिल्लादेखि केन्द्रसम्ममा नयाँ ढंगले पुनःएकता हुने बताए।

उनले दलको नामबारे अदालतले दिएको फैसलाले दुवै पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा पुर्‍याए पनि दुवै पार्टीबीचको एकता र दुवै पार्टीका नेता कार्यकर्तालाई सम्मानजनक ढंगले व्यवस्थापन गर्ने सोचका साथ नेकपा एमाले अगाडि बढेको जानकारी दिए।

पोखरेलले बारा र पर्सामा सडक निर्माण तथा पूर्वाधार विकासका काममा देखिएको बेथितिको चाँडै अन्त्य हुने प्रतिबद्धता व्यक्त गरेका थिए।
उनले ठेक्का सरकार गर्ने र लामो समयसम्म काम नगरी सर्वसाधारणलाई दुःख दिने प्रवृत्तिको अन्त्यका लागि प्रधानमन्त्री ओलीसँग भेटी आग्रह गर्ने जानकारी दिए।

वि.सं.२०७७ फागुन २७ बिहीवार १५:१५ मा प्रकाशित

Himalayan Life AD
अण्डाको मूल्य हालसम्मकै उच्च

अण्डाको मूल्य हालसम्मकै उच्च

चितवन । विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स...

रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते

रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते

रसुवा । जङ्गली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा आज...

एनएमबि इन्स्टा बाइ’ मार्फत क्रेडिट कार्ड सेवामा एनएमबि बैंकको थप सुविधा

एनएमबि इन्स्टा बाइ’ मार्फत क्रेडिट कार्ड सेवामा एनएमबि बैंकको थप सुविधा

काठमाडौं । एनएमबि बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र...

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको महत्वपूर्ण पुरस्कार...

प्राइम कमर्सियल बैंकका पूर्व सीईओ नारायण दास मानन्धरको ८३ वर्षमा निधन

प्राइम कमर्सियल बैंकका पूर्व सीईओ नारायण दास मानन्धरको ८३ वर्षमा निधन

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत...

“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स”

“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स”

काठमाडौँ । करेन्ट नुडल्सका निर्माता यशोदा फुड्सले दिगोपनालाई प्राथमिकता दिँदै...