back

माइक्रोबस दुर्घटना हुँदा एकको मृत्यु १० घाइते

वि.सं.२०७७ फागुन २७ बिहीवार

537 

shares

२७ फागुन, कर्णाली । कर्णाली राजमार्ग अन्तर्गत टुइकुनामा आजबिहान माइक्रोबस दुर्घटना दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । मृत्यु हुनेमा शुभाकालिका गाउँपालिका भर्ता कालिकोटका ३७ वर्षीय दीपेन्द्रबहादुर शाही रहेका प्रहरी चौकी पाल्तडाले जनाएको छ ।

चौकीका अनुसार गम्भीर घाइते सात जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ भने तीन जनाको स्थानीय रामघाटमा मेडिकलमा उपचार भइरहेको छ ।

राजमार्गको दैलेख सडकखण्डको आठबिस नगरपालिका–१ टुइकुनामा कालिकोटबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ख२४७ नंको माइक्रोबस दुर्घटना भएको हो ।

घाइते १० मध्ये गम्भीर अवस्थाका सात जनालाई एम्बुलेन्स मार्फत सुर्खेत पठाइएको स्थानीयवासी नैनबहादुर शाहीले टेलिफोनबाट जानकारी दिए । उनले भने “म उद्धारमा छु, बस दुर्घटनाको कारण खुलेको छैन । बस राजमार्गबाट ५० मिटर तल खसेको छ । बसमा कालिकोटबाट १५ यात्रु सवार थिए । उद्धार जारी छ ।

वि.सं.२०७७ फागुन २७ बिहीवार १३:५६ मा प्रकाशित

Himalayan Life AD
तिला जलविद्युत् आयोजना : ३८ दशमलव ०७ बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

तिला जलविद्युत् आयोजना : ३८ दशमलव ०७ बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा...

तिला गाउँपालिकाद्वारा २६ लाख राजस्व सङ्कलन

तिला गाउँपालिकाद्वारा २६ लाख राजस्व सङ्कलन

जुम्ला । यहाँको तिला गाउँपालिकाले एकवर्षमा २६ लाख १४ हजार...

दुर्गम गाउँ गोप्कामा आभारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन

दुर्गम गाउँ गोप्कामा आभारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन

सिमकोट, (हुम्ला) । खार्पुनाथ गाउँपालिका–१ दुर्गम बस्ती गोप्का गाउँका नागरिकलाई...

सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो

सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो

मान्म (कालीकोट) । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–६ घाटाचौर क्षेत्रमा...

हुम्लामा पानीका धारामा बरफ जम्न थाल्यो

हुम्लामा पानीका धारामा बरफ जम्न थाल्यो

सिमकोट (हुम्ला) । हिमाली जिल्ला हुम्लामा यतिबेला अत्यधिक चिसो बढ्दै...

हुम्लामा निःशुल्क आँखा शिविरः अपाङ्गता र ज्येष्ठ नागरिक लाभान्वित

हुम्लामा निःशुल्क आँखा शिविरः अपाङ्गता र ज्येष्ठ नागरिक लाभान्वित

सिमकोट (हुम्ला) । हुम्ला सदरमुकाम सिमकोटमा सञ्चालित निःशुल्क आँखा शिविरमा...