back
CTIZAN AD

दुर्गम गाउँ गोप्कामा आभारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन

वि.सं.२०८२ मंसिर १५ सोमवार

561 

shares

सिमकोट, (हुम्ला) । खार्पुनाथ गाउँपालिका–१ दुर्गम बस्ती गोप्का गाउँका नागरिकलाई स्वास्थ्य सेवा सहजरुपमा प्रदान गर्नका लागि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ ।

गोप्का गाउँका नागरिकले वर्षौपछि आफ्नै गाउँबाट स्वास्थ्य सेवा सहज पाउनुका साथै उपचारका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको छ । विगतका दिनमा गाउँमा स्वास्थ्य संस्था नहुँदा एक घण्टाको पैदल हिँडेर लाली स्वास्थ्य चौकीमा उपचारका लागि जानुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय प्रकाश विष्टले बताए ।
सामान्य बिरामी हुँदा पनि गाउँका ज्येष्ठ नागरिकदेखि बालबालिकालाई पिठ्यूमा बोकेर एक घण्टाको पैदल हिँडेर उपचार गर्नुपर्ने बाध्यताको अन्त्य भएको विष्टको भनाइ छ । अहिले गाउँमै सहज सेवा पाएको उनले बताए ।

यस्तै अर्का स्थानीय महिला जुनकुरा बोहराका अनुसार महिला बालबालिकालाई उपचार गर्न जाँदादेखि औषधि लिन जानुपर्ने कठिनाइ थियो । अहिले गाउँमै राम्रो सुविधा सम्पन्न भवन बन्नुका साथै स्वास्थ्यकर्मी भर्खरै सञ्चालनमा आएको आधारभूत केन्द्रमा खटिएपछि सहज सेवा लिन पाएको बोहराले बताए ।

आइतबार गाउँकै ७९ वर्षीया वृद्ध केरसिंह बुढाको उपचारसँगै अ‍ौपचारिक रुपमा गोप्का आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । वृद्ध बुढासँगै गोप्का गाउँका अन्य नागरिकले आफ्नो गाउँबाट पहिलो पटक स्वास्थ्य सेवा लिएका छन् । २०० घरधुरीले अब आफ्नै गाउँबाट स्वास्थ्य सेवा पाउने भएका छन् ।

गोप्का आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ज्ञानबहादुर सिंह, वडा–१ का वडाध्यक्ष जयबहादुर शाही, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक शाही, स्वास्थ्य शाखा प्रमुख हरिभक्त शाही, गाउँका जेष्ठ नागरिकलगायत स्थानीयको सहभागिता रहेको थियो । फाइल फोटो 

वि.सं.२०८२ मंसिर १५ सोमवार १२:३७ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...