back
CTIZAN AD

तिला गाउँपालिकाद्वारा २६ लाख राजस्व सङ्कलन

वि.सं.२०८२ मंसिर १५ सोमवार

588 

shares

जुम्ला । यहाँको तिला गाउँपालिकाले एकवर्षमा २६ लाख १४ हजार रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गरेको छ ।

गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत गत आर्थिक वर्ष २०८१÷८२को आम्दानी तथा खर्च सार्वजनिक गरेको हो । प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईका अनुसार गाउँपालिकाले सो आवमा अनुमानित कूल बजेट ५१ करोड २४ लाख ८४ हजार रुपैयाँ ल्याएकोमध्ये चालुतर्फ ३३ करोड ५१ लाख ७२ हजार र पुँजीगततर्फ रु १७ करोड ७३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

बजेट खर्चको उक्त आवमा समग्र प्रगति चालुतर्फ रु २९ करोड ४१ लाख १७ हजार अर्थात् ८७ दशमलव ७५ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ रु १४ करोड ५५ लाख ७९ हजार अर्थात् ८२ दशमलव १ प्रतिशत खर्च भएको छ ।

जम्मा चालु र पुँजीगत गरी रु ४३ करोड ९७ लाख ६४ हजार अर्थात् ८५ दशमलव ७९ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिनुभयो । बजेट निकासको आधारमा चालु र पुँजीगत गरी ९७ दशमलव ८३ प्रतिशत खर्च भएको छ ।

विकास निर्माणदेखी सेवा प्रवाहलाई चुस्त राख्न गाउँपालिकाले हरेक वर्ष सार्वजनिक सुनुवाइ गर्ने गरेको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए ।

सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले गाउँपालिकाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्नोत्तर गरेका थिए ।

वि.सं.२०८२ मंसिर १५ सोमवार १४:४२ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...