back
CTIZAN AD

सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो

वि.सं.२०८२ मंसिर १२ शुक्रवार

444 

shares

मान्म (कालीकोट) । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–६ घाटाचौर क्षेत्रमा सुक्खा पहिरो खसेर पुरिएका एक जना कामदारको शव निकालिएको छ । बिहीबार बेलुका कर्णाली करिडोरको घाटचौर भिरमा सुक्खा पहिरोमा पुरिएका कामदारको आज शव निकालिएको हो ।

सडक खन्न प्रयोग भइरहेको डोजरका लागि डिजल बोकेर हिँडेका पचालझरना–७ नुवाखेतका २९ वर्षीय पृर्थी बोहोरा पहिरोमा पुरिएका थिए । डोजरले चट्टान पन्छाएपछि आज दिउँसो निजको शव निकालेर आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

पहिरोसँगै ठूलो चट्टान खसेकाले पुरिएका बोहोरालाई निकाल्न ढिलाइ भएको प्रहरीले जनाएको छ । बिहीबार बेलुका शव निकाल्ने प्रयास गरिए पनि अँध्यारोले सम्भव नभएको स्थानीय टेकबाहादुर बोगटीले बताए ।

कर्णाली करिडोरअन्तर्गत थिर्पु घाटचौरबाट बाजुराको पिलुचौरसम्म नेपाली सेनाको विकास निर्माण कार्यदलले विस्फोटनसहित ११ किलोमिटर सडक निर्माण गरिरहेको छ ।

वि.सं.२०८२ मंसिर १२ शुक्रवार १७:०६ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...