back
CTIZAN AD

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

वि.सं.२०८३ जेठ ११ सोमवार

261 

shares

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको ‘बुद्धचित्त’को आम्दानी घट्नेमा निकै चिन्ता परेको छ । घरबारी र तल्लोबारी गरी सात बोटमा बुद्धचित्त लटरम्म फले पनि गत वैशाखको असिना–पानीबाट चिचिलामै दाग लागेपछि छिप्पिँदासम्म गुणस्तर खस्कनेमा उनी चिन्तित छन् ।

गत साल सोही बोटबाट करिब तीन लाख आम्दानी गरेकामा यसपालि दाना पोहरभन्दा बढी नै फले पनि व्यापारीले त्यति नै मूल्य नदिने उनी बताउँछन् । उनी भन्छन्, “यसपालि असिना–पानी’ ले बुद्धचित्त रूखमा क्षति पु¥यायो, दानामा दाग लगेका छन्, राम्रै हुँदैन भनेकाले यसपालि आम्दानी घट्ला !” सात वर्षअघि राउतले रोपेका ती बुद्धचित्तका बोटले तीन वर्षदेखि उत्पादन दिन थालेका हुन् । “बर्सेनि उत्पादन भने बढ्दै गएको छ”, राउतले भने, “जेठ अन्तिमतिर दाना छिप्पिने भएकाले गाउँमा व्यापारी डुल्न थालिसकेका छन् ।”

छिमेकी कृष्णबहादुर राउतलाई पनि उस्तै चिन्ता छ । “यसपालि बुद्धचित्त व्यापारीले जति दिए पनि चित्त बुझाउनुपर्ने बाध्यता छ”, उनले भने। उनको पनि असिनाका कारण तीन बोटमा फलेको बुद्धचित्तको अधिकांश दानामा कालो दाग लागेको छ । अर्का किसान गुञ्जबहादुर लामा पनि व्यापारीले बुद्धचित्त हेर्न आउँछु भनेकाले बैना लिने सोचमा हुनहुन्छ । घरबारीमा चार बोटमा फलेको उहाँको बुद्धचित्त घरमै व्यापारी आएर लैजान्छन् । लामा भन्छन्, “यसपालि भने व्यापारीले गत वर्षको झैँ भाउ नपाउने भनेका छन्, यसपालि घाटा लाग्ने भयो ।”

धार्मिक कार्यमा प्रयोग हुने बुद्धचित्तका दाना विशेषगरी बौद्ध धर्मावलम्बीले जप गर्न तथा हात र गलामा लगाउन प्रयोग गर्छन् । रोशी गाउँपालिको २, ३, ४ र ५ नं वडाका किसानले व्यावसायिक रूपमै बुद्धचित्तको खेति गर्दै आएका छन् । यस वर्ष असिना–पानीले बुद्धचित्तको दानामा असर पु¥याएपछि किसान चिन्तित छन् । गत साल चार बोटबाट रु तीन लाख आम्दानी गरेका साँझकोटकै दीपक राउतले यसपालि बुद्धचित्तको गुणस्तरमा गिरावट हुने बताए । उनले यसपालि थप तीन बोटले उत्पादन दिन थालेकाले व्यापारीले आफूलाई बोटमै मूल्य गरेर बैना दिन आउने आश्वासन दिएको बताए ।

बुद्धचित्त काभे्रपलाञ्चोकको तेमाल क्षेत्रमा पनि वर्षौंदेखि उत्पादन हुँदै आएको छ । विशेषगरी छिप्पिएको साना दाना तथा कम ‘मुखे’को हिसाबले मूल्य निर्धारण गर्ने गरिएको छ । राम्रो फल्ने रूखका दाना चोरेर लैजाने भएकाले कतिपय किसानले सुरक्षाका लागि ‘पाले’ समेत राख्ने गर्दै आएका छन् । तेमाल क्षेत्रको चापाखोरी, मेच्छे, बोल्दे, कानपुरमा बुद्धचित्तको व्यावसायिक खेती हुँदै आएको छ ।

रोशी–५ सिपालीस्थित नागबेलीमा दुई वर्षअघि ठाकुरानी तामाङको बारीमा फुल्दै गरेको बुद्धचित्तको रूख नै अज्ञात समूहले काटिदिएका थिए । जिल्लाको सबैभन्दा महँगो कहलिएको उक्त रूख काटिएको ४ वर्षअघि लुटिएको पनि थियो । विसं २०७७ असार १२ मा करिब जना मुखुण्डोधारीहरूले माला कुर्न बसेका १५ जनालाई कब्जामा लिएर उक्त बोटका चार बोरा माला लुटेर भागेका थिए । त्यसबेला तामाङले ९० लाखमा बुद्धचित्तको दाना बिक्री गर्न बैनासमेत लिएका थिए । घटनाको केही समयपछि रूख काट्नेमध्ये केहीलाई पक्रेर प्रहरीले मुद्दा समेत चलाई थुनामा राखेको छ ।

प्रतिमाला पाँच हजारदेखि पाँच लाखसम्म बिक्री हुने बुद्धचित्त जोगाउन केही किसान रातभरि बोटमुनि नै सुत्नेसमेत गरेका छन् । पछिल्लो समय बुद्धचित्तको दाना र माला निकासीमा प्रहरीले सहयोग गर्दै आए पनि लुटेराबाट जोगाउन किसानलाई सास्ती पर्दै आएको बताउँछन् । कहिलेकाहीँ दाना जोगाउन मुस्किल पर्न थालेपछि समयअगावै टिपेर पठाइहाल्ने गर्नुपरेको तेमालका युद्ध लामाले बताए । बुद्धचित्तको दाना र माला काठमाडौँको बौद्ध र भारतको बोधगयासम्म पुग्ने गरेको स्थानीय व्यापारी बताउँछन् ।

यहाँको बुद्धचित्त मालाको बिरुवाको बाहिरी रूप बयर प्रजातिसँग मेल खाने र यो विश्वका अन्य ठाउँमा पाइनेभन्दा बेग्लै रैथाने प्रजाति भएपछि केही वर्षदेखि किसान तथा व्यवसायी पनि उत्साहित भएर यस खेतिप्रति आकर्षित भएका छन् । कतिपयले किसानले परीक्षणस्वरुप एक÷दुई वटा बोट रोपेको पाइन्छ । ठूलो परिमाणमा बुद्धचित्त सङ्कलन तथा खरिद–बिक्रीका लागि स्थानीय तहमा उल्लिखित कर तिर्नुपर्ने प्रावधान बनाइएको छ ।

केही वर्षको तथ्याङ्कले काभ्रेपलाञ्चोकको तेमाल र रोशी गाउँपालिकाबाट मात्रै वार्षिक करिब २० करोड बराबरको बुद्धचित्तको कारोबार हुने गरेको देखाएको छ । बुद्धचित्तको कारोबारमा भने केही चिनियाँ नागरिकले स्थानीयस्तरका नेपाली व्यापारीमार्फत खरिद गर्ने गरेका छन् । राजकुमार पराजुली÷रासस

वि.सं.२०८३ जेठ ११ सोमवार १४:१६ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...