back
CTIZAN AD

पैदल यात्रीको मृत्यु

वि.सं.२०८३ जेठ ११ सोमवार

429 

shares

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ बस्ने ७५ वर्षीय वृद्ध चन्देश्वर साह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए ।

जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ख.४७५८ नम्बरको यात्रुवाहक बसले जलेश्वर नपा–२ स्थित मटिहानी चोकमा पैदल यात्री साहलाई ठक्कर दिँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका पैदल यात्री प्राथमिक उपचारपश्चात् थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकामा उनको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको हो ।

घटनापश्चात् जिल्ला प्रहरीबाट खटिगएको प्रहरी टोलीले बस र बस चालक जिल्लाको पिपरा गाउँपालिका–९ अलिपट्टि बस्ने सत्यनारायण यादवलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक गोलेले बताए ।

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...