back
CTIZAN AD

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

वि.सं.२०८३ जेठ ३१ आइतवार

462 

shares

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको निक्षेपको अधिकतम ब्याजदरमा सामान्य मात्र परिवर्तन देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकमध्ये अधिकांशले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने केही बैंकले व्यक्तिगत तथा संस्थागत निक्षेपको ब्याजदर घटाएका छन्।

तथ्यांकअनुसार व्यक्तिगत निक्षेपतर्फ औसत अधिकतम ब्याजदर ४.३४३ प्रतिशतबाट घटेर ४.२६५५ प्रतिशत मा पुगेको छ। यस्तै संस्थागत निक्षेपतर्फ औसत ब्याजदर ३.२०४ प्रतिशतबाट घटेर ३.१८ प्रतिशत कायम भएको छ।

सबैभन्दा बढी व्यक्तिगत निक्षेपको ब्याजदर राष्ट्रिय वाणिज्य बैंकले ४.७५ प्रतिशत कायम राखेको छ। यस्तै एनएमबी बैंक ले आफ्नो व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४.८० प्रतिशतबाट ४.७५ प्रतिशतमा झारेको छ।

यस अवधिमा लक्ष्मी सनराइज बैंक र एनआईसी एशिया बैंक ले व्यक्तिगत निक्षेपको ब्याजदरमा सबैभन्दा धेरै ०.५० प्रतिशत बिन्दुले कटौती गरेका छन्। हिमालयन बैंकले व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपमा ०.२५ प्रतिशत बिन्दुले कमी गरेको छ भने प्राइम कमर्सियल बैंकले व्यक्तिगततर्फ ०.१५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको देखिन्छ।

यता स्ट्यान्डर्ड चार्टर्ड बैंक ले व्यक्तिगत निक्षेपको ब्याजदर ०.०५ प्रतिशत बिन्दुले घटाए पनि संस्थागत निक्षेपको ब्याजदर २.४८ प्रतिशतबाट बढाएर २.७५ प्रतिशत पु¥याएको छ, जुन यस तालिकामा संस्थागततर्फ देखिएको उल्लेखनीय वृद्धि हो।

नबिल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, एभरेष्ट बैंक तथा सिद्धार्थ बैंकलगायत अधिकांश बैंकले भने जेठ महिनाकै ब्याजदरलाई यथावत् राखेका छन्।

ब्याजदरमा ठूलो उतारचढाव नदेखिएकाले बैंकिङ क्षेत्रमा तरलता अवस्था अपेक्षाकृत सहज रहेको र निक्षेप आकर्षित गर्न आक्रामक प्रतिस्पर्धा हाल नरहेको संकेतका रूपमा यसलाई हेरिएको छ। वित्तीय बजारका जानकारहरूका अनुसार आगामी महिनामा कर्जा माग र तरलताको अवस्थाअनुसार ब्याजदरमा थप समायोजन हुन सक्ने सम्भावना रहेको छ।

वि.सं.२०८३ जेठ ३१ आइतवार १९:५३ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...