back

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालन

वि.सं.२०७७ चैत ३० सोमवार

171 

shares
RBB AD
NTC AD

३० चैत, मुग्लिन । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द गरिएको केबुलकार आज बिहान ८ बजेदेखि नियमित सञ्चालनमा आएको हो ।

यसअघि ३१ गतेबाट सञ्चालन गरिने जनाए पनि एक दिनअगावै नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। तेइस वर्ष पूरा भएको मनकामना केबुलकारको तीन चरणमा स्तरोन्नति गरिँदै छ । यस अवधिमा केबुलकारको स्तरोन्नतिको पहिलो चरणमध्येको कार्यअनुसार छ दिन बन्द गर्ने सूचना जारी गरेकोमा निर्धारित समयअगावै काम सकिएपछि आजदेखि नै सञ्चालन गरिएको उनले बताए ।

महाप्रबन्धक शेरचनका अनुसार पहिलो चरणमा तत्काल अत्यावश्यक र मर्मत गर्न नसकिने पाटपुर्जा फेरिएको छ भने दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पूर्वाधार तयार तथा अन्य थप पार्टपुर्जा फेरिनेछ । अन्तिम चरणमा हालको एनालग प्रविधिबाट डिजिटलमा स्तरोन्नति गरिने उनले बताए। दुई वर्षको अवधिमा यी सबै काम सकिएर नयाँ प्रविधिबाट केबुलकार सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।
रासस

वि.सं.२०७७ चैत ३० सोमवार ११:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको चुनौती

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको चुनौती

काठमाडौँ । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु...

उपमहानगरद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

उपमहानगरद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

बागमती । हेटौँडा उपमहानगरपालिकाले चालु शैक्षिकसत्रदेखि सामुदायिक तथा संस्थागत सबै...

श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति गर्न जरूरी छ : पूर्वप्रधानमन्त्री खनाल

श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति गर्न जरूरी छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री...

चार दिनपछि सूर्यविनायकमा लागेको आगो नियन्त्रणमा

चार दिनपछि सूर्यविनायकमा लागेको आगो नियन्त्रणमा

भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित जङ्गलमा लागेको आगो चार दिनपछि नियन्त्रणमा...

रसुवामा सम्बन्धविच्छेद घटना बढ्दै, प्रमुख कारण बैदेशिक रोजगार

रसुवामा सम्बन्धविच्छेद घटना बढ्दै, प्रमुख कारण बैदेशिक रोजगार

रसुवा । गत आर्थिक वर्षको तुलनामा चालु आवमा रसुवामा सम्बन्धविच्छेदका...

मधेससहित तीन प्रदेशमा हुरीबतासको चेतावनी

मधेससहित तीन प्रदेशमा हुरीबतासको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...